सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो टेस्टका लागि इङ्ल्यान्डको टोली घोषणा, नियमित कप्तान बेन स्टोक्स पनि फर्किए

सोमबार, २८ असोज २०८१, १६ : ११
सोमबार, २८ असोज २०८१

काठमाडौँ । घरेलु टोली पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट मंगलबारदेखि मुल्तानमा सुरु हुँदैछ । उक्त टेस्टका लागि सोमबार इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आफ्नो टोलीको घोषणा गरेको छ ।

तीन टेस्टको शृंखलामा इङ्ल्यान्ड १–० ले अगाडि छ । यसअघि मुल्तामै खेलिएको पहिलो टेस्टमा इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो टेस्टका लागि घोषित इङ्ल्यान्डको टोलीमा कप्तान बेन स्टोक्स पनि फर्किएका छन् ।

यसअघि बेन स्टोक्सले लगातार चार टेस्ट गुमाएका थिए । त्यसैले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्डको कप्तानी ओली पोपले गरेका थिए । अब दोस्रो टेस्टमा भने बेन स्टोक्सले नै टोलीको कप्तानी गर्नेछन् ।

दोस्रो टेस्टका लागि घोषित इङ्ल्यान्डको टोलीमा बेन स्टोक्स (कप्तान), ज्याक क्रावली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रुक, जामी स्मिथ, ब्रायडन कारसे, म्याट पट्स, ज्याक लिच र सोएब बसिर रहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप