रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै
काठमाडौँ । स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ । निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।
उक्त निर्वाचनका लागि दल दर्ताको काम आयोगले सम्पन्न गरिसकेको छ । आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार रास्वपासहित २५ राजनीतिक दलले उपनिर्वाचनमा भाग लिन भन्दै दल दर्ता गरिसकेका छन् । उपनिर्वाचनमा भाग लिनका लागि रास्वपाले १४ औँ नम्बरमा दल दर्ता गरेको हो ।
उपनिर्वाचन प्रयोजनका लागि नेकपा एमाले‚ नेपाली कांग्रेस‚नेकपा माओवादी केन्द्र‚नेकपा एकीकृत समाजवादी‚ राप्रपा‚ नागरिक उन्मुक्ति पार्टी‚ नेपाल मजदुर किसान पार्टी‚ जसपा‚ जसपा नेपाल‚ जनमत पार्टी‚ राप्रपा नेपाल‚ नेपाली कांग्रेस बिपी‚ राष्ट्रिय जनता पार्टी‚ लगायत दल दर्ता भएका छन् ।
रास्वपाको स्थापना २०७९ असार ७ गते भएको हो । पार्टी २०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । सोही कारणले पार्टीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिन पाएको थिएन । स्थापना भएको ६ महिना पश्चात् भएको सङ्घीय निर्वाचनमा भने रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ बाँकी सिट गरेर २० सिट जितेको थियो । त्यसपश्चात् २०८० साल वैशाखमा भएको उपनिर्वाचनबाट एक सिट बढाउँदै रास्वपा २१ सिटको दल भएको हो । तर‚ २०८१ वैशाखमा भएको इलाम उपनिर्वाचनमा भने रास्वपा पराजित हुन पुगेको थियो ।
पार्टीले २०८१ मङ्सिर १६ मा हुने उपनिर्वाचनमा भाग लिएर स्थानीय तहमा पनि बलियो उपस्थिति जनाउने असोज १ र २ गते काठमाडौँमा भएको राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले दाबी गरेका थिए ।
उपनिर्वाचन कार्य तालिका
आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसेको छ । जसअनुसार २०८१ मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । साथै सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आयोगको अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति २०८१ मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त मङ्सिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
२०८१ मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । आयोगले सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार मिति २०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने र मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात् २०८१ मङ्सिर १३ गते राति १२:०० बजे पछि मौन अवधि सुरु हुने आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ४१ पदका लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ महिनामा सहकारी विभागले गर्यो १ हजार ५९३ वटा उजुरी फर्स्योट
-
अनिता कोइरालाको ‘उज्यालो औँसी’माथि चकटी बहस
-
रविविरुद्ध मुद्दा दायर हुँदै, मिसिल र प्रमाणहरू अदालतमा पेस
-
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
-
विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता
-
बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे जनकपुर बोल्ट्सलाई सम्मान