३० वर्षपछि पर्दामा रजानीकान्त र आमिरको जोडी
_reMW0GvUVa.jpg)
मुम्बई । करिब ५ दशकसम्म चलचित्र जगतलाई सेवा दिने दिग्गज अभिनेता रजनीकान्तका चलचित्रहरूका लागि फ्यानहरूमा ठुलो क्रेज छ । उनको भर्खरै रिलिज भएको वेट्टैयनको सफलताबाट पनि यस कुराको सजिलै अनुमान गर्न सकिन्छ ।
यसैबिच, रजनीकान्तको अर्को फिल्मको बारेमा ठुलो खबर बाहिर आएको छ, जसमा बलिउड सुपरस्टार आमिर खानले ३ दशकपछि उनीसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।
रजनीकान्तको आगामी फिल्म कुलीका लागि अभिनेता आमिर खानलाई अप्रोच गरिएको भन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । मास्टरजस्ता उत्कृष्ट चलचित्र निर्माण गरेका निर्देशक लोकेश कनागराजको यो चलचित्रको तयारी तीव्र रुपमा भइरहेको छ । डेक्कन हेराल्डका अनुसार आमिर रजनीकान्तको कुलीमा काम गर्न राजी भएका छन् ।
बलिउड सुपरस्टार यस एक्शन थ्रिलर फिल्ममा आफ्नो क्यामियो रोलका लागि तयार छन् र केही समयपछि उनले यसको सुटिङ पनि सुरु गर्नेछन् । उनको क्यामियो रोल निकै सानो हुने भए पनि यो दमदार हुनेछ । यो जानकारी फिल्मसँग नजिक रहेको स्रोतले दिएका हुन् ।
यदि यो भयो भने, यो पक्कै पनि सिनेमा प्रेमीहरूको लागि ठुलो आश्चर्य हुनेछ । जुन थिएटरहरूमा ठुलो हलचल सिर्जना गर्न पर्याप्त हुनेछ। लोकेश कनागराजको कुली फिल्ममा नागार्जुन, श्रुति हासन र सत्यराज पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।
- ३० वर्षअघि यो फिल्ममा दुवै सँगै देखिएका थिए
रजनीकान्तको मल्टिस्टारर फिल्म कुली अर्को वर्ष ठुलो पर्दामा रिलिज हुँदैछ । यसको टिजर र पोस्टर सार्वजनिक भइसकेको छ ।
यसअघि यी दुवै सुपरस्टार सन् १९९५ मा आएको फिल्म टेरर हाइ टेररमा सँगै देखिएका थिए । जसलाई दर्शक र समीक्षकले निकै रुचाएका थिए । अब, यो चाखलाग्दो हुनेछ कि कुलीले भविष्यमा के चमत्कार देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध