सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

आलियाको ‘जिग्रा’ माथि तृप्तिको ‘विक्की विद्या का वो वाला भिडियो’ भारी

सोमबार, २८ असोज २०८१, १४ : १३
सोमबार, २८ असोज २०८१

नयाँ दिल्ली । सन् २०२४ मा बलिउडमा कमेडी विधाको वर्चस्व देखिएको छ । हरर चलचित्रका साथसाथै बक्स अफिसमा ठुलो कमाइ गर्ने चलचित्र कमेडी चलचित्र थिए । 

मुन्ज्या र स्त्री २ पछि अब ‘विक्की विद्याका वो वाला भिडियो’ले ठुलो पर्दामा धूम मच्चाइरहेको छ । ‘स्त्री २’ को अतुलनीय सफलतापछि राजकुमार राव फेरि एकपटक कमेडी विधाबाट दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । 

उनको पछिल्लो चलचित्र ‘विक्की विद्याका वो वाला भिडियो’ ११ अक्टोबरमा हलमा रिलिज भएको थियो । यसले आलिया भट्टको जिग्रासँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।

राज शाण्डिल्य निर्देशित राजकुमार रावको फिल्मले जिग्रालाई ठुलो टक्कर दिँदै पहिलो दिन ५.५ करोड भारतीय रुपैयाँको खाता खोलेको थियो । दोस्रो दिन अर्थात् शनिबार २५ प्रतिशतले आम्दानी बढेर ६ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

साकनिल्कको प्रारम्भिक रिपोर्ट अनुसार, राजकुमार र तृप्ति डिमरी स्टारर फिल्मले तेस्रो दिन अर्थात् आइतबार घरेलु बक्स अफिसमा ५.०२  करोड भारु व्यापार गरेको छ। तर, यो प्रारम्भिक तथ्याङ्क हो ।

यदि ‘विक्की विद्या का वो वाला भिडियो’ लाई आलिया भट्टको फिल्म जिग्रासँग तुलना गर्ने हो भने फिल्मको प्रदर्शन राम्रो छ । किनभने यो फिल्म हिन्दीमा मात्रै रिलिज भएको छ भने जिग्रा हिन्दीसँगै तेलुगु भाषामा पनि रिलिज भएको छ । आलियाको फिल्मले अहिलेसम्म करिब १६ करोड कमाइसकेको छ भने राजकुमारको फिल्मको कलेक्सन करिब १८ करोड रहेको छ । जुन यकिन तथ्याङ्कका आधारमा बढ्न वा घट्न सक्छ । 

राज शाण्डिल्यद्वारा निर्देशित ‘विक्की विद्या का वो वाला भिडियो’को कथा विवाहको सुहागरातको सीडीको वरिपरि घुम्छ जुन हराउँछ। फिल्ममा राजकुमार राव र तृप्ति डिमरी पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । चलचित्रमा मल्लिका शेरावतको एन्ट्री दर्शकका लागि सर्प्राइज थियो । फिल्ममा विजय राज पनि महत्त्वपूर्ण भूमिकामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप