सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

पिताको हत्यारा समाउन प्रहरी बनिन्, २५ वर्षपछि मिसन पुरा

सोमबार, २८ असोज २०८१

ब्रासिलिया । यो कथा ९ वर्षको उमेरमा टुहुरो भएकी एक महिला प्रहरी अफिसरको कथा हो, जसले २५ वर्षपछि आफ्नो बाबुको हत्यारा भेट्टाउँछिन् ।

कसैको परिवारमा मृत्यु हुँदा मानिसहरूले सान्त्वना दिन सक्छन् तर त्यो पीडा कसैले महसुस गर्न सक्दैनन्। कतिपय मानिसहरूका लागि यो पीडा यति भयानक हुन्छ कि उनीहरू वर्षौँसम्म शान्तिपूर्वक बाँच्न सक्दैनन्। 

साथसाथै बदला नलिई कतिपयले त शान्ति पनि पाउँदैनन् । आज हामी तपाईँलाई एउटी केटीको कथा सुनाउनेछौँ, जो आफ्नो बुबाको हत्यारालाई कारबाही गर्न प्रहरी बनिन् ।

हामीले धेरै फिल्महरूमा नायकले आफ्नो बुबाको मृत्युको बदला लिइरहेको देखेका छौँ। तर, आज हामी तपाईँलाई वास्तविक जीवनमा हिरो बनेर आफ्ना बाबुको हत्यारालाई आफ्नै हातले समात्ने महिला प्रहरी अफिसरको कथा सुनाउन गइरहेका छौँ ।

ब्राजिलमा बस्ने एक महिला पुलिस अफिसरको वास्तविक कथा हो, यो कुनै बलिउड फिल्मको उत्कृष्ट स्क्रिप्टभन्दा कम छैन । फरक यति मात्र हो कि यो रोमान्स र एक्सनको मिश्रण होइन, एक केटीको सङ्घर्षको सत्य कथा हो। 

ब्राजिलको बोआ भिस्टाका निवासी गिभाल्डो जोसे भिसेन्टे डे डियुसको फेब्रुअरी १९९९ मा बारमा हत्या गरिएको थियो। राइमुन्डो अल्भेस गोम्स र गिभाल्डोबिच उधारो पैसालाई लिएर बहस भएको थियो । 

गोम्सले गिभाल्डोलाई गोली हाने। यो घटनापछि उनी फरार भए । प्रहरीले उनलाई कहिल्यै समात्न सकेन । गिवाल्डोका ५ छोराछोरी र श्रीमती थिए, जो यो शोकबाट मुक्त हुन सकेनन्।

त्यो समयमा, गिवाल्डोकी जेठी छोरी ९ वर्षकी थिइन् । उनले संघर्षका दिनहरूमा आफ्ना दाजुभाइलाई हुर्काउन आमालाई सहयोग मात्र गरिनन्, आफ्नो पढाइलाई पनि जारी राखिन् । 

उनले कानुनको अध्ययन गरिन् र १८ वर्षको उमेरमा वकिल बनिन् । तर उनको उद्देश्य उनको बुबाको हत्यारालाई सजाय दिने थियो। त्यसैले जागिर छोडेर प्रहरी अधिकारी बन्न कडा मेहनत गर्न थालिन् । 

revenge-750x399

जुलाई १९, २०२४ मा, उनी अन्ततः प्रहरी बनिन्। उनले आफ्नो बुबाको हत्यारालाई पक्रन सक्ने ठाउँमा पोस्टिङ गरिन् । प्रहरीका रूपमा काम सुरु गरेको दुई महिनाभित्र गोम्स जेलमा परे। 

गिस्लेन नामकी यी महिला पुलिस अफिसरले गोम्सलाई आफ्नो बारेमा पनि बताइन् । परिवारलाई उनी पक्राउ परेको खबर पाएपछि उनीहरूले पनि अपराधी अन्ततः जेलमा पुग्दा राहत महसुस गरे। गोम्सलाई हत्याको मामिलामा १२ वर्षको लागि जेल सजाय सुनाइएको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया