ताइवान वरपर चीनको सैन्य अभ्यास

बेइजिङ । चिनियाँ सेनाको पूर्वी कमाण्डले सैन्य अभ्यासको भिडियो सार्वजनिक गरेको छ । यो ताइवान वरपर आयोजित सैन्य अभ्याससँग सम्बन्धित छ।
यस भिडियोमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबंद सैन्य सवारी साधन र मिसाइल लन्चरहरू देखाइएको छ। ग्लोबल टाइम्सको रिपोर्ट अनुसार भिडियोमा चिनियाँ सेनाको पूर्वी कमाण्डको तयारी देखाइएको छ । चिनियाँ सेना युद्धको स्थितिको सामना गर्न कत्तिको तयार छ र यसको क्षमता कस्तो छ भन्ने भिडियोमा देखाइएको उल्लेख छ ।
यता, ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासप्रति ताइवानले प्रतिक्रिया दिएको छ। ताइवान राष्ट्रपति विलियम लाइको कार्यालयबाट एक विज्ञप्ति जारी गरिएको छ।
लाइको कार्यालयले भन्यो, "चीनले ताइवानी जनताको स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीको सम्मान गर्नुपर्छ र आफ्नो सैन्य आक्रमण रोक्नु पर्छ।"
यसले ताइवानको सिमानाको दुवै छेउमा शान्ति र स्थायित्व कायम राख्नु साझा जिम्मेवारी भएको पनि बताएको छ।
‘हाम्रो सरकार हाम्रो संवैधानिक प्रणालीको लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न प्रयासरत रहनेछ। हामी हाम्रो राष्ट्रिय सुरक्षा कायम गर्नमा विश्वस्त र सक्षम छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यालयले ताइवान वरपर चीनको सैन्य अभ्यासको निगरानी गरिरहेको बताएको छ।
अमेरिकी प्रशासनले लाइको नियमित भाषणपछि यस्तो अभ्यासको कुनै औचित्य नरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा