भोलिदेखि अभिमुखीकरण तालिममा आईरिस सिस्टम अनिवार्य

काठमाडौं । मंगलबारदेखि अभिमुखीकरण तालिममा अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिक दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम लागू गर्न लागेको हो ।
यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । अब भोलिदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गरिने विभागले जनाएको छ । सोही अनुसार तयारी गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई यसअघि नै परिपत्र गरिसकेको थियो ।
विभागले असोज ११ गते सूचना जारी गर्दै असोज १५ गतेदेखि आईरिस सिस्टम लागू गर्ने भनेको थियो । तर, अन्तिम समयमा आएर रोकिएको थियो । विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो । व्यवसायीहरूले भने आफ्नो तयारी पूरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन् ।
यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो । तर, हालसम्म लागू हुन सकेको थिएन ।
विभागले श्रमिकहरूलाई तालिमकमा लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारवाही गरेको थियो ।
पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल हाउस : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य
-
कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
काठमाडौंसहित देशका केही भेगमा वर्षा, यस्तो छ सातै प्रदेशको भोलिको मौसम
-
नेपालले महिला तथा बालिकाको सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी
-
मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा दीपक थापा चर्तीमगर