सामाजिक सञ्जालको छद्म संसारमा यहाँलाई स्वागत छ !
हिजोआज हामी सबै सञ्चारले गाँजेको दुनियाँमा बाँच्न थालेका छौँ । कसैसँग पनि अति सम्पर्क वास्तविकता हुँदै, अब त्यो लतमा परिणत भई सकेको छ । एकअर्कालाई हेरेर उनीहरू जस्तै हुन थालेका छौँ । एकै छिन हामी टिभीका अघिल्तिर भएनौँ भने सञ्चारका अन्य माध्यममा हुन्छौँ ।
संसारभर यस विषयमा शोध हुन थालेका छन् । यसको लतबाट बाहिरिनका लागि मनोचिकित्सकहरू जन्मिएका छन् । हामी सबैलाई के लाग्छ भने आधुनिक संसारमा हुनुको अर्थ नै निरन्तर संवाद त हो । यस प्रक्रियामा अध्ययन र चिन्तन दुवै विलुप्त भई सकेको छ । यसमाथि अध्ययन र शोध गर्ने मेरो ठुलो इच्छा छ ।
यसका माध्यमबाट हाम्रो सम्पर्क र सम्बन्ध विस्तार भई रहेको भ्रममा छौँ हामी । आफ्नो फेसबुक, ह्वाट्स्याप र ट्विटरमा रहेका साथीहरूको सूचिमा विचार गर्नुस् त । बरु ट्विटरमा त कुनै नयाँ मान्छे झुल्किन सक्छ, तर तपाईंले जसलाई पछ्याउँदै हुनुहुन्छ त्यस सूचीमा ध्यान दिनुस् त । थोर–बहुत हेरफेरका साथ सबै स्थायी भई सकेका छन् ।
हामी सबैको एउटा निश्चित पोखरी निर्माण भई सकेको छ । नदी हुनुको भ्रममा हामी सबै सामाजिक सञ्जालका साना–साना पोखरीमा सीमित छौँ । ती पोखरीहरूमा कहिले काहीँ भिन्दाभिन्दै पोखरीका भ्यागुताहरू टरर...टरर... गरिरहेका हुन्छन् । हामीलाई लाग्छ यही नै जगत् र जागरूकताको स्वरूप हो । जबकि यस्तो हुँदै होइन ।
सामाजिक सञ्जालमा हामी सबै ब्रान्ड बन्ने लालसा छौँ र त्यो हाम्रो व्यवहारमै झल्किन्छ । सामाजिक सञ्जालमा उपस्थित प्रत्येक व्यक्ति एउटा ब्रान्ड हो र उ ब्रान्ड बन्नकै लागि लालायित छ ।
हामीले यसैलाई स्वाभाविक ठानेका छौँ । बजारले उत्सुकताका विविध स्वरूपलाई निली सकेको छ । हामी सबैको आ–आफ्नो निश्चित ब्रान्ड छ । सर्टदेखि परफ्युमसम्मको ब्रान्ड । हामीहरू यी सबै उत्पादनको चयनमा पहिले भन्दा न्यून परिश्रम र प्रयोग गर्छौँ । हुन् सक्छ तपाईँको यो लेखक उमेरको कुनै स्थिर बिन्दुमा अडिएको छ । तर, सामाजिक सञ्जालमा हामी सबै ब्रान्ड बन्ने लालसा छौँ र त्यो हाम्रो व्यवहारमै झल्किन्छ ।
सामाजिक सञ्जालमा उपस्थित प्रत्येक व्यक्ति एउटा ब्रान्ड हो । र, उ ब्रान्ड बन्नकै लागि लालायित छ । उ आफू जे हो त्यो भन्दा विल्कुलै भिन्न । हामीलाई त्यो ब्रान्डको वास्तविकता के हो भन्ने कुनै चासो छैन । जुन ब्रान्डलाई हामीले पछ्याई रहेका छौँ, उसले आफ्ना कर्मचारीसँग कस्तो व्यवहार गर्छ भन्ने हामीलाई के स्वाद ।
बाहिर देखिने रूप नै सत्य हो हाम्रा लागि । र, सामाजिक सञ्जालमा यसैको आत्मप्रदर्शन गरिन्छ । हामी सबै अन्य भन्दा भिन्न देखिन चाहन्छौँ तर यस उपक्रममा हामी सबै एकै जस्ता हुँदै गई रहेका छौँ ।
म आफ्नै बारेमा भन्न सक्छु । केही सीमित व्यक्तिहरूसँग टाक्सिएर मेरो दुनियाँ त्यसैमा सीमित भई सकेको छ । सीमित सङ्ख्यामा बाँधिएर धेरै व्यक्तिहरूसँग सम्पर्क राख्न तपाईँलाई पनि सम्भव हुँदैन होला । जोसँग कुरा गर्छु उनीहरूसँग भेटघाटै भएको छैन वा धेरै भई सक्यो नभेटेको । शब्द र वाक्यका माध्यमबाट मेरो आभासी रूप तपाईँसँग छ र तपाईँको मसँग ।
घरी–घरी लाग्छ तपाईं मलाई त्यस्तो रूपमा चिन्नु हुन्छ, जुन वास्तवमै म होइन । र, यस्तै तपाईँका बारे म सोच्ने गर्छु । हामी सबै निरन्तर प्रोजेक्ट हुने प्रक्रियामा छौँ । संसारभर यस्तो व्यवहारमाथि गहन शोध भई रहेका छन् । भारतमा पनि भई रहेको होला तर यो विषय अझैसम्म सार्वजनिक बहसमा आउन सकेको छैन ।
यसरी प्रोजेक्ट हुने प्रक्रियामा हाम्रा तस्बिरहरूले भने अरू नै केही भनी रहेका छन् । ती तस्बिर हाम्रो हुँदाहुँदै पनि हाम्रो जस्तो लाग्दैन । हामीहरू तस्बिरका माध्यमबाट आफूलाई हेरिनु पर्ने शैलीको विकास गरिरहेका छौँ । सेल्फी, क्लोजअप आदि । हाम्रो यो आभासी व्यक्तित्वले हाम्रै वास्तविक व्यक्तित्वलाई प्रभावित गरिरहेको छ । शब्दहरूको वरपर भावनात्मक नाता बन्दै गई रहेको छ । कयौँ मामिलामा यो राम्रो होला कयौँ मामिलामा खतरनाक छ । तर, यो त वास्तविक दुनियाँमा पनि छ ।
तपाईं जोसँग भेट्नु हुन्छ, त्यहाँ पनि त उसको बाहिरी रूप मात्रै त देख्नु हुन्छ । सही र बेठिक हुने खतरा त्यहाँ पनि छ । मात्रै एउटा भिन्नता छ– सामाजिक सञ्जालमा गरेको तपाईँको प्रत्येक संवाद एउटा दस्ताबेज हो ।
सबै भन्दा ठुलो भ्रम त के हो भने हामी लिखित संवाद गरिरहेका हुन्छौँ र त्यो कसैले पढ्न सक्दैन भनी ठान्छौँ । अथवा जसले पढ्नु छ पढोस् के नापिन्छ र भन्ठान्छौँ । तर, हिजोआज हामीले सोचे जति सरल रेखामा केही पनि घटित हुँदैन । जे होस, शङ्का र आत्मविश्वासको पर्खाल हामी दैनन्दिन भत्काई रहेका छौँ ।
हामी भित्र शब्दको एउटा त्यस्तो संसार निर्माण हुन्छ, जुन हर क्षण चलायमान हुन्छ । हामी निरन्तर संवादको प्रक्रियामा हुन्छौँ । कुरा गर्ने दायरा पनि मृत्यु संवाद जस्तै बन्न गएको छ । सामाजिक सञ्जालमा हामी नानाथरी गरिरहेका हुन्छौँ र अन्य मानिस हामीलाई नियालेर तमासा हेरिरहेका हुन्छन् ।
यस प्रक्रियामा तपाईँको आफ्नो स्वत्व केही बाँकी रहन्न । कयौँ पटक तपाईँको स्वत्व कुल्चिन पुग्छ र कयौँ पटक जाग्छ । सामाजिक सञ्जालमा नभएको समयमा पनि तपाईँको दिमाग हनहनी त्यही संसारमा घुमी रहेको हुन्छ । यो संसारमा कोही पनि अनन्त आकाशसँग जोडिएको छैन । सबैका आ–आफ्ना टापु छन् । यी टापुमा शासक वर्गका जलदस्युहरुको हमला भई रहन्छ । हामीले स्वयंलाई बदलेर अरू नै केही भई रहेका हुन्छौँ ।
भर्चुअल दुनियाँमा तपाईँको आफ्नो स्वत्व केही बाँकी रहन्न । कयौँ पटक स्वत्व कुल्चिन पुग्छ र कयौँ पटक जाग्छ । सामाजिक सञ्जालमा नभएको समय पनि तपाईँको दिमाग हनहनी त्यही संसारमा घुमी रहेको हुन्छ ।
समग्रमा भन्दा एउटा बहुरुपिया संसार चली रहेको छ । जो यस संसार भन्दा पर छ, त्यो कसरी बाँची रहेको होला ? कहिले काहीँ जब सबै बन्द गरिदिन्छु त्यति बेला कयौँ मान्छेको एकैचोटी सम्झना हुन थाल्छ । मन आत्तिन्छ । भर्चुअल दुनियाँमा कयौँले आहत हुने सहनसीमा मिचेका छन् भने कयौँले त्यसलाई सङ्कुचित गरिदिएका छन् ।
यहाँ कुरा गर्नु जोखिमको काम भई सकेको छ । सबैको अपेक्षामा खरो उत्रिनु पर्ने परीक्षा हो सामाजिक सञ्जालको संवाद । वास्तवमा हामी सबै भिन्न–भिन्न सेनामा परिणत भई सकेका छौँ । फट्याङ्ग्राले जसरी हमला गरिरहन्छौँ । अब छिट्टै सामाजिक सञ्जालको पानामा विश्व युद्ध हुँदैछ ।
कयौँ सानातिना युद्ध त भई सकेका छन् वा हुँदै छन् । यसमा मारिने र घाइते हुनेहरू त्यस्ता छैनन्, जस्तो वास्तविक युद्धमा हुने गर्छन् । यसमा मानसिक रूपमा आहत मानिसको सङ्ख्या झनै बढ्ने निश्चित छ । त्यसको स्वरूप फेरिने छ । कयौँ मानिसलाई यस छटपटीमा फत्फताउँदै गरेको देखेको छु ।
तपाईं कसरी फेरिनु हुन्छ र यी सबै परिघटनाले हामीमा कसरी फेरबदल ल्याउँदैछ भन्ने जान्न चाहन्छु म । हामी पहिले भन्दा धेरै एक्लो भएका छैनौँ र ? निरन्तर संवादले समाजलाई जागरूकताको नाममा उपहार स्वरूप अन्ध श्रद्धा दिई रहेको छ वा साँच्चै यो कुनै छुट्टै समाज हो, जसले चिन्तन गर्ने मामिलामा पहिले भन्दा घनिभूत जागरूक र सजगता पाएको छ ?
तर, यसलाई बुझ्न तपाईं कत्तिको प्रयासरत हुनुहुन्छ ? म आफै दुई वा तीन भन्दा धेरै वेबसाइट हेर्दिन र तपाईं ? जे शेयर गर्छु त्यो पनि केहीले मात्रै पढ्छन् । कतै हामी आफैले जानेको कुरालाई नै दोहर्याई रहेका छौँ कि, जहाँ तथ्य पछि छुटेका छन् र भाव मात्रै अघि देखिन्छ ।
त्यस्ता कति मानिस छन्, जसले निष्ठाकै चिरफार गरेर सधैँ बुझ्ने र नबुझ्ने बिचको यात्रा गरिरहन्छन् ? तपाईं आफैले भन्नुस् त ।
(रवीश कुमार म्यासेसे पुरस्कार प्राप्त भारतीय पत्रकार हुन्)
रवीशको ब्लगबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवा शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र
-
अभियन्ता फणिन्द्र नेपालले भारतीय सेना प्रमुखको विरोध गर्नसक्ने सुरक्षा विश्लेषण
-
विश्व बैंकको ऋणमा ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
-
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्