सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

फिनल्याण्डमाथि इंग्ल्याण्डको सहज जित

सोमबार, २८ असोज २०८१, १० : ३१
सोमबार, २८ असोज २०८१

हेलसिंकी । ग्रिससँग वेम्बलेमा बेहोरेको लज्जास्पद हारबाट उठ्दै इंग्ल्याण्डले फिनल्याण्डलाई सजिलै हराएको छ । आइतबार राति भएको यूईएफए नेसन्स लिगको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बनेको हो ।

खेलको १८ औँ मिनेटमा नै ज्याक ग्रिलिसले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । फिनल्याण्डका स्ट्राकर फ्रेडरिक जेनसेनले पहिलो हाफमा थुप्रै गोल गर्ने अवसर गुमाए । मात्र ६ यार्ड टाढाबाट पनि उनले गोल गर्न सकेनन् ।

७४ औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर अर्नोल्डले टोलीको अग्रता दोब्बर बनाए । १० मिनेटपछि डेक्लन राइसले टोलीका लागि तेस्रो गोल गोल गरे । खेल सकिन ३ मिनेट बाँकी छँदा आर्टु होस्कोकेनले फिनल्याण्डका लागि एक गोल फर्काए पनि त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो ।

लिग बी२ मा रहेको इंग्ल्याण्डको ४ खेलबाट ९ अङ्क रहेको छ । टोली समूहको दोस्रो स्थानमा छ । उता, ४ वटै खेल जित्दै ग्रिस १२ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप