सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

टाटा ब्राण्डलाई विश्व बजारमा स्थापित गर्ने यी सात कम्पनी

रतन टाटाले गरेका थिए डुबेका कम्पनी किन्ने साहसिक निर्णय
सोमबार, २८ असोज २०८१, १० : १७
सोमबार, २८ असोज २०८१

नयाँ दिल्ली । भारतीय व्यावसायिक घराना टाटा समूहमा धेरै कम्पनी छन् जसको उपस्थिति र पकड भारत र दक्षिण एसियामा मात्रै नभएर विश्वभर छ । उक्त समूहको संस्थापक र आजीवन अध्यक्ष रहेका रतन टाटाको परोपकारी र सरल जीवनको बारेमा सबैले सुनिरहेकै हौँ । उनी यति परोपकारी थिए कि उनले आफ्नो आधा भन्दा बढी सम्पत्ति दान गरे ।

उनको व्यक्तिगत उपलब्धि त छँदैछ । शून्यबाट सुरु भएको उनको व्यावसायिक जीवनलाई टाटा समूहको नाममा यस्तो ठाउँमा पुर्‍याए जहाँ जोकोहीलाई सम्भव थिएन ।आज हामी यस्ता ७ कम्पनीको बारेमा उल्लेख गर्दैछौ, जसलाई रतन टाटाले शून्यबाट शिखरमा पुर्‍याएका थिए । टाट पल्टिने अवस्थामा रहेका ती कम्पनीलाई उनले यो अवस्थाबाट जोगाएनन् मात्रै बरु संसारमै गनिने कम्पनीको रूपमा परिणत गराएका थिए ।

१. बिग बास्केट

टाटा समूहले २०२१ मा ‘बिग बास्केट’ नामक कम्पनी किनेको थियो । उक्त कम्पनीलाई टाटा समूले भारतकै सबैभन्दा ठुलो किराना सामानको बिक्रेता कम्पनी बनाएको थियो ।

टाटा ग्रुप अन्तर्गत टाटा डिजिटलले २ अर्ब डलरको मूल्याङ्कनमा यो सम्झौता गरेको थियो । त्यो अवधिमा ‘बिग बास्केट’को बिक्री राम्रो भए पनि खासै नाफा हुन सकेको थिएन । २०२१ को मे महिनामा टाटा समूहले यो कम्पनी किन्ने सम्झौता गरेपछि कम्पनी तीव्र गतिमा चल्न थालेको थियो ।

२. ल्यान्ड रोभर र ज्यागवार

सन् १९९९ सम्म टाटा मोटर्सको पहिलो कार टाटा इन्डिकाले बजारमा खासै केही गर्न सकेको थिएन । विदेशी कम्पनीको दबदबा बढ्दै गइरहेको थियो । यस्तो अवस्थामा रतन टाटाले टाटा मोटर्स बेच्ने निर्णय गरे । यसका लागि अमेरिकी कम्पनी फोर्डका अध्यक्ष बिल फोर्डलाई भेटे । त्यतिबेला फोर्ड राम्रो कम्पनीले विश्वभर नै राम्रो व्यापार गरिरहेको थियो । ज्यागवार र ल्यान्ड रोभर जस्ता लक्जरी सेगमेन्ट त्यतिबेला चर्चित थिए ।

त्यतिबेला बिल फोर्ड रतन टाटासमक्ष अहङ्कारको शैलीमा प्रस्तुत भएपछि कुनै सम्झौताबिना नै भारत फर्किए । फोर्डको बेवास्ताबाट निराश हुनुको सट्टा उनले यसबाट आफैँ अघि बढ्ने प्रेरणा दियो, त्यसपछि टाटा मोटर्सलाई नयाँ उचाइमा पुर्‍याए । सन् २००८ मा अमेरिकाको मन्दीमा फोर्डको अवस्था पनि नाजुक हुँदा रतन टाटाले २.३ बिलियन डलरमा ल्यान्ड रोभर र ज्यागवार सेग्मेन्ट किनेका थिए र आज यो लक्जरी ब्रान्ड बनेको छ ।

३. डेवू कमर्सियल भेहिकल

रतन टाटाले कोरियाली कम्पनी डेवू कमर्सियल गाडीहरू किनेका थिए। यो कम्पनीले कमर्सियल गाडी उत्पादन गर्ने गर्दथ्यो । यो सम्झौतापछि मात्र कोरियामा टाटा मोटर्सको पहुँच बढेको थियो ।

२००४ मा टाटा मोटर्सले उक्त कम्पनी अमेरिकी डलर १०२ मिलियनमा भारतको सबैभन्दा ठुलो सम्झौता गरेको थियो। घाटामा चलिरहेको उक्त कम्पनीमा टाटा समूहको प्रवेशपछि व्यावसायिक सफलता हासिल गर्न सफल भएको थियो ।

४. कोरस स्टिल

सन् २०१२ मा टाटा समूहले युरोपको दोस्रो र विश्वकै आठौँ ठुलो कम्पनी कोरस स्टिल किनेको थियो । यस कम्पनीको स्टिल सेग्मेन्ट विगत केही वर्षदेखि राम्रोसँग चल्न सकेको थिएन ।

यो बिचमा रतन टाटाले कोरस स्टिल कम्पनी किन्न ११.३ अर्ब डलरको प्रस्ताव राखेका थिए । त्यसमा सहमत भएपछि यो कम्पनी टाटा समूह मातहत आएको थियो । आज यो कम्पनी युरोपमात्रै नभएर विश्वभर नै स्टिल आपूर्ति गर्ने सबैभन्दा ठुलो उत्पादक कम्पनी बनेको छ ।

५. टेटली चिया कम्पनी

टाटाले सन् २००० मा चिया उत्पादन व्यवसायमा हात हालेका थिए । त्यतिबेला ४३१.३ मिलियन डलरमा टेटली चिया उद्योग किनेका थिए। अहिले यो चिया टाटा चियाको लक्जरी ब्राण्ड बनेको छ । जसले बेलायत र क्यानडामा पहिलो र अमेरिकामा चिया आपूर्तिको दोस्रो हिस्सा ओगटेको छ ।

६. एयर इन्डिया

टाटा समूहको व्यापारिक जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण सायद एयर इन्डिया पुनः प्राप्त गर्नु थियो । रतन टाटाका काका जेआरडी टाटा करिब ९० वर्षअघि सन् १९३२ मा एयर इन्डियाको स्थापना गरेका थिए । त्यसको केही समयमै राज्यले यसमाथि नियन्त्रण गरेको थियो ।

२०२१ मा एयर इन्डिया टाट पल्टेपछि टाटा सन्सले देशको प्रमुख एयरलाइन्स एयर इन्डियाको नियन्त्रण प्राप्त गरेको थियो । १८ हजार करोड भारतीय रुपैयाँ (करिब २.३ बिलियन डलर) मा सम्झौता भएको थियो ।

७. टाटा वान एमजी

सन् २०२१ मा टाटा समूहले स्वास्थ्य क्षेत्रमा काम गर्ने कम्पनी वान एमजी खरिद गर्‍यो । सन् २०१५ मा स्थापना भएर इफार्मेसी, निदान, ई-परामर्श, र स्वास्थ्य सामग्री सहित सेवाहरू प्रदान गर्दै आएको छ।

सुरुमा अनलाइनबाट मात्र औषधि उपलब्ध गराउँदै आएको उक्त कम्पनीले अहिले स्वास्थ्यसम्बद्ध सबै प्रकारको सेवा दिँदै आएको छ । यो कम्पनीले द्रुत रूपमा अनलाइन बजार कब्जा गरिरहेको छ।

(एजेन्सीको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप