सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाले भारतलाई हरायो : ९ रनले पराजित भएपछि सेमिफाइनल पुग्ने आशा लगभग समाप्त

सोमबार, २८ असोज २०८१, ०६ : २६
सोमबार, २८ असोज २०८१

शारजाह । महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको छ । योसँगै भारतीय टोलीको सेमिफाइनल पुग्ने आशा लगभग समाप्त भएको छ । 

टोलीले ४ मध्ये २ खेल मात्र जित्न सकेको छ । अब पाकिस्तानले न्युजिल्यान्डलाई ठुलो अन्तरले हराए भने भारतले मात्र सेमिफाइनल खेल्न सक्नेछ ।

भारतलाई २० औँ ओभरमा ६ बलमा १४ रन आवश्यक थियो । पूजा वस्त्रकारलाई दोस्रो बलमा एनाबेल सदरल्याण्डले बोल्ड गरिन् । अरुन्धती रेड्डी तेस्रो बलमा रनआउट भइन् । पाँचौँ बल वाइड थियो, जसमा श्रेयांका पाटिल रनआउट भइन् । अर्को बलमा राधा यादव एलबीडब्ल्यू भइन् । वस्त्रकरले ९ रन बनाइन् भने बाँकी ३ ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् ।

अस्ट्रेलियाले जितका लागि भारतसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतीय टोलीले ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सकेको थियो । कप्तान हरमनप्रीत कौरले ४७ बलमा ५४ रन बनाइन् । बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् । अस्ट्रेलियाका लागि अन्नाबेल सदरल्याण्ड र सोफी मोलिनक्सले २–२ विकेट लिए ।

शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर १५१ रन बनाएको थियो । टोलीका लागि ग्रेस ह्यारिसले ४० रन बनाइन् । एलिस पेरी र ताहलिया म्याकग्राले ३२–३२ रनको पारी खेले । फोबी लिचफिल्डले १५ रन र अन्नाबेल सदरल्याण्डले १० रन जोडिन् । 

 भारतका दीप्ती शर्मा र रेणुका ठाकुरले २–२ विकेट लिए । त्यस्तै पूजा वस्त्रकार, श्रेयंका पाटिल र राधा यादवले समान १–१ विकेट लिए । एक ब्याटर रनआउट पनि भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप