सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?

सोमबार, २८ असोज २०८१, ०६ : ००
सोमबार, २८ असोज २०८१

वि.सं. २०८१ साल असोज २८ गते । सोमबार । ईश्वी सन् २०२४ अक्टोबर १४ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–द्धादशी, ४५ घडी ५४ पला, रातको १२ बजेर २६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– शतभिषा, ४१ घडी १२ पला, बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–गंड, २६ घडी ३२ पला, बेलुकी ४ बजेर ४१ मिनेट उप्रान्त वृद्धि । 

करण–बव, दिउसो १ बजेर ३९ मिनेट उप्रान्त बालव, रातको १२ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३४ मिनेट । दिनमान २८ घडी ४६ पला ।

आजको बार बेला ।  

  • बिहान ०६ बजेर ०४ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ०५ मिनेटदेखि बिहान ७ बजेर ३० मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ३१ मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म शुभ बेला ।
  • बिहान ०८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ११ बजेर ५० मिनेटदेखि दिउसो १ बजेर १५ मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर १६ मिनेटदेखि दिउसो २ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
  • दिउसो २ बजेर ४२ मिनेटदेखि बेलुकी ४ बजेर ८ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ९ मिनेटदेखि बेलुकी ७ बजेर ८ मिनेटसम्म चर बेला ।
  • नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर ३० मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर २८ मिनेटदेखि बिहान ५ बजेर १६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पछिसम्म फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीसँग थप आत्मीय भाव बढ्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुनेछ । कर्मक्षेत्रको यात्रा हुने योग रहेको छ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ । छोटो दूरीको यात्रा हुने ग्रहयोग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । व्यापारमा मन्दी आउनुको साथै आर्थिक सूचकमा कमी आउनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ भने प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । खानपान,यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरूलाई खुसी राख्न सक्नेछन् ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच वैमनस्य बढ्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । तर पनि लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप