मुम्बई इन्डियन्सद्वारा महेला जयवर्धने मुख्य प्रशिक्षकमा नियुक्त

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज मुम्बई इन्डियन्सले श्रीलंकाका पूर्व खेलाडी महेला जयवर्धनेलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको छ । महेला जयवर्धने सन् २०१७ देखि २०२२ सम्म मुम्बई इन्डियन्सका मुख्य प्रशिक्षक थिए।
मुम्बई इन्डियन्सले भन्यो, ‘हामी महेला जयवर्धनेलाई मुख्य प्रशिक्षकको रूपमा फर्काउन पाउँदा उत्साहित छौँ। उनको ज्ञान, नेतृत्व र खेलप्रतिको लगनबाट मुम्बई इन्डियन्सले सधैँ फाइदा उठाएको छ।’
पुनः प्रशिक्षक नियुक्त भएपछि महेला जयवर्धनेले भनेका छन्, ‘मुम्बई इन्डियन्ससँगको मेरो यात्रा सधैँ उत्कृष्ट रह्यो । सन् २०१७ मा हाम्रो ध्यान सबै भन्दा राम्रो क्रिकेट खेल्न प्रतिभाशाली खेलाडीहरूलाई एकसाथ ल्याउनमा थियो र हामीले धेरै राम्रो प्रदर्शन गर्यौँ। अब हामीले इतिहासका ती पलहरूलाई फिर्ता ल्याउनुपर्छ जहाँ हामीले भविष्यतर्फ हेर्नु पर्छ र यो हाम्रो लागि मुम्बई इन्डियन्सप्रतिको हाम्रो प्रेमलाई बलियो बनाउने, मालिकहरूको दृष्टिकोणलाई अगाडि बढाउने र मुम्बई इन्डियन्सको इतिहाससँग जोडिने अवसर हो। यो एक रोमाञ्चक चुनौती हो। म यस बारे उत्साहित छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु