सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

स्कटल्याण्डलाई हराउँदै इंग्ल्याण्ड शीर्ष स्थानमा

आइतबार, २७ असोज २०८१, २० : २०
आइतबार, २७ असोज २०८१

शारजाह । महिला टी–२० विश्वकपमा इंग्ल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको छ । जितसँगै टोली समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

स्कटल्याण्डले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य इंग्ल्याण्डले कुनै पनि विकेट नगुमाई १० औँ ओभरमा पछ्यायो । टोलीका लागि ओपनर माइया बाउचियरले सर्वाधिक ६२ रन बनाइन् । उनले मात्र ३४ बलमा १२ चौका प्रहार गरिन् ।

त्यस्तै, अर्की ओपनर ड्यानी वायट हजले २६ बलमा ५१ रन जोडिन् । उनले २६ बलमा ७ चौका हिर्काइन् ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । टोलीका लागि कप्तान क्याथरिन ब्राइसले सर्वाधिक ३३ रन बनाइन् । सारा ब्राइसले २७ रन तथा सास्किया होर्लेले १३ रनको योगदान दिइन् ।

इंल्याण्डका लागि सोफी एक्लेस्टोनले २ तथा नाट स्काइभर ब्रन्ट, लरेन बेल, चार्ली डिन र ड्याइएल गिब्सनले १–१ विकेट लिए । ३ खेलपछि इंग्ल्याण्डको ६ अंक रहेको छ । ४ खेल खेलेको स्कटल्याण्ड भने जितविहीन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप