सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

कुस्तीमा अन्तर्राष्ट्रिय पहलवानको जमघट, मेयरद्वारा उद्घाटन

आइतबार, २७ असोज २०८१, २० : ००
आइतबार, २७ असोज २०८१

रौतहट । दुर्गा पूजाको अवसरमा रौतहटको कटहरिया बजारमा आयोजित २ दिने कुस्ती दंगल पहलवानी आइतबारदेखि सुरु भएको छ। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालले एक समारोहका बिच रिबन काटेर कुस्ती पहलवानिको उद्घाटन गरेका हुन्। 

उद्घाटन समारोह लाई सम्बोधन गर्दै मेयर जैसवालले कुस्ती पहलवानी तराई मधेसमा बाजेकै पालादेखि चल्दै आएकाले एउटा संस्कृति सरहको यस प्रतियोगितालाई संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताएका थिए।

आइतबार पहिलो दिनको खेलमा भारतको राजधानी दिल्लीमा पहलवान ओम कार, पन्जाबका सोनु, बिक्की, मुन्ना टाइगर, मेरठका गुल्ला, भिल्ला, मुजफरनगरका टाइगर, कानपुरमा रबी, महाराष्ट्रका शिवम मिश्रा, त्यसैगरी नेपालका लक्की थापा, नेपाल प्रहरीका त्रीलोकी यादव लगायत ४० जना पहलवानले कुस्ती खेलेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताएका छन्। पहिलो दिनको खेलमा नेपाल क्लबका गोल्ड मेडलिस्ट पहलवान त्रीलोकी यादवले राम्रो प्रदर्शन गरेको थिए। यादवले दिल्लीका नामुद पहलवान ओमकारलाई केही समयभित्रै पछारेका थिए।

PXL_20241013_091128666

पहलवानीको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। कुस्ती पहलवान हेर्न कटहरियामा हजारौँ मानिसको उपस्थिति देखिएको थियो। पहलवानी भोलि सोमवार सम्म हुने मेला समिति कटहरियाले जनाएको छ।

उक्त अवसरमा देवाही गोनाहीका मेयर प्रेमलाल साह, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा,३ का अध्यक्ष श्यामाकान्त यादव, वडा १ का अध्यक्ष भूपेन्द्र महतो, पूर्व मेयर सियाराम कुशवाहा, कटहरिया नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवाल, दुर्गा पूजा समितिका अध्यक्ष हरिश्चन्द्र कुशवाहा, उपाध्यक्ष योगेन्द्र साह, लगायत विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप