सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एनसीसी मलेसियाद्वारा १ लाख रुपैयाँ सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई चेक हस्तान्तरण गरेको छ । असोज १२ गतेको सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा एन्फा उपाध्यक्ष दावा लामाले पछिल्लो विपत्तिबाट नेपाली फुटबलले ठुलो क्षति भोगेको बताउँदै विपद्को बेलामा सहयोग गरेको एनसीसी मलेसियालाई सधैँ सम्झिने बताए ।
एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले सिस्नेरी पहिरोका कारण ६ जना खेलाडीको निधन भएपछि कोषाध्यक्ष बालध्वज लिम्बूको पहलमा सहयोग रकम जुटाएर जनही १ लाख रुपैयाँ दिने निर्णय अनुसार एन्फालाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बताए । एन्फा अध्यक्ष नेम्वाङले निधन भएका खेलाडीहरूको स्मृतिमा अक्षय कोष खडा भएको र उक्त रकम त्यसमा जम्मा गर्ने प्रतिबद्धता जनाउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे । कार्यक्रममा एनसीसी मलेसियाका निवर्तमान अध्यक्ष विनोद कुमार थापासहित एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।
इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको पहिरोमा परी वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो । उक्त घटनामा ज्यान गुमाउनेमा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौँका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका विकल रेग्मीको निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलापछि भारतको एक्सन : पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्