बाबरसहित शाहिन, नसिम र सरफराज इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टबाट आउट

इस्लामाबाद । पाकिस्तान र इंग्ल्याण्डबिच जारी टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डसँगको लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा धेरै परिवर्तन गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको हो।
पाकिस्तान र इंग्ल्याण्डबीचको मुल्तानमा भएको पहिलो टेस्ट म्याचमा पाकिस्तान एक इनिङ्स र ४७ रनले पराजित भएको थियो । यस खेलको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो ।
यो खेलमा बाबर आजमले खास केही गर्न सकेनन् । उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाएका थिए ।
दोस्रो र तेस्रो टेस्ट खेलका लागि पाकिस्तानको टोलीमा गरिएका परिवर्तनहरू यस प्रकार छन्- शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हम्जा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेट), नोमान अली, साम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग