लियोनल मेस्सी, रोहित शर्मा र फाफ डु प्लेसिस !

काठमाडौँ । के तपाईंहरुलाई सन् २०२४ को आईसीसी टी–२० विश्वकपको पुरस्कार वितरण समारोहको याद छ ? नेपालले पनि त्यो विश्वकपमा सहभागिता जनाएको थियो । तर, बलियो टेस्ट राष्ट्र भारतले त्यो संस्करणको उपाधि जितेको थियो ।
वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न त्यो विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो नि ! त्यो विश्वकपमा भारतीय टोलीका कप्तान थिए, रोहित शर्मा । त्यही विश्वकपपछि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास पनि लिएका थिए ।
तर, त्यो विश्वकपको पुरस्कार वितरण समारोहमा रोहित शर्मा ट्रफी उचाल्न कसरी पोडियमसम्म पुगेका थिए नि ? यसका लागि तपाईँ फुटबलको पनि पारखी हुनु पर्छ । सायद, रोहित शर्माको त्यो शैली समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेस्सीसँग मिल्छ कि !
हो, त्यति बेला भारतीय टोलीका कप्तान रोहित शर्मा ठ्याक्कै अर्जेन्टिनी फुटबल स्टार मेस्सीकै शैली पछ्याउँदै ट्रफी उचाल्न पोडियमसम्म पुगेका थिए । त्यति बेला रोहित शर्माको त्यो शैली देखेर विश्व खेलकुदका धेरै पारखीले रमाइलो मानेका थिए ।
हो, यस्तै शैली क्यारेबियन प्रिमियर लिगमा पनि देखिएको छ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधि भर्खरै सेन्ट लुसिया किङ्सले जित्यो । सेन्ट लुसिया किङ्सले फाइनलमा गुयना एमाजोन वारियर्सलाई ६ विकेटले हराएको थियो ।
Captain Faf Du Plessis doing Indian Captain Rohit Sharma's Iconic walk celebrations style with CPL Trophy.🔥
— Tanuj Singh (@ImTanujSingh) October 7, 2024
- ROHIT SHARMA 🤝 FAF DU PLESSIS...!!!!pic.twitter.com/xEaZuCrqQO
सेन्ट लुसिया किङ्सले पहिलो पटक सीपीएलको उपाधि चुमेको थियो । त्यसबाट सेन्ट लुसिया किङ्सका समर्थक खुसी नहुने कुरै भएन । तर, समर्थकको खुसीमा अर्को उत्साह थप्ने काम सेन्ट लुसिया किङ्सका कप्तान फाफ डु प्लेसिसले गरे ।
उनी पनि पुरस्कार वितरण समारोहमा ठ्याक्कै मेस्सीकै शैली पछ्याउँदै पोडियमसम्म पुगेपछि रङ्गशालामा उपस्थित दर्शकले थप रमाइलो गर्ने अवसर पाए । भनिन्छ नि, ‘आखिर यो मन त मेरो खेलाडी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा