सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक लगानी

वैदेशिक लगानीको लेखाजोखा, कसको पालामा कति आयो ?

आइतबार, २७ असोज २०८१, १७ : १५
आइतबार, २७ असोज २०८१

काठमाडौँ । १५ वर्षमा ४ खर्बभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता गरेकोमा डेढ खर्ब मात्रै लगानी भित्रिएको छ । सन २००८/९ यता २०२३/२४ सम्ममा ४ खर्ब ६ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ बराबर प्रतिवद्धता आएको थियो । 

त्यसबाट १ खर्ब ५० अर्ब ४८ करोड लाख मात्रै वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यो कुल वैदेशिक लगानी प्रतिवद्धताको ३७.०१ प्रतिशत मात्रै हो । 

यस्तै १५ वर्षको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता २०१४/१५ मा आएको छ, भने २०११/१२ मा थोरै लगानी प्रतिवद्धता आएकोमा धेरै लगानी भित्रिएको छ । सो अवधिमा ७ अर्ब ३ करोड ८३ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएकोमा १२८.८  प्रतिशत अर्थात् ९अर्ब १९ करोड ५४ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो ।

सन् २०१४/१५ मा ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तर धेरै लगानी प्रतिवद्धता आएकै वर्ष सबैभन्दा थोरै लगानी भित्रिएको छ । सो वर्ष ४ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानी भित्रिएको छ । यो कूल लगानी प्रतिवद्धताको ६.५ प्रतिशत  हो । 

नेपालमा १५ वर्षमा वैदेशिक लगानीको अवस्था 

d

स्रोतः नेपाल राष्ट्र बैंक

वैदेशिक लगानी प्रतिवद्धता ठूलो परिमाणमा आउने तर लगानी थोरै भित्रिने प्रवृत्ति रहेको पूर्व उद्योग सचिव भरत थापा बताउँछन् । यसको अर्थ नेपालमा लगानी गर्ने उपयुक्त वातावरण नभएको उनको भनाइ छ । 

‘लगानीकर्ता आउँछन्, लगानी प्रतिवद्धता गर्छन् तर प्रतिवद्धता गरेजति लगानी आउँदैन । त्यसको मूल कारण बाहिर जति भन्छ त्यसअनुसार लगानीको वातावरण यहाँ पाउँदैनन् सुरुमा जे कुरा अन्दाज गरेर आउँछन्,’ थापाले ‘जग्गा लिने ठाउँमा धेरै किसिमका झमेला छ । कर तिर्न, उद्योग दर्ता गर्न लगायतका सामान्य काममा पनि झमेला छ । यही झमेलाका कारणले गर्दा धेरै लगानीकर्ता भाग्छन् ।’

संघीय व्यवस्था लागू भएका कारण लगानी गर्न झमेला बढेको थापाको भनाइ छ । 

‘हामीले बुझिराखेकै हो कति झमेला हुुन्छ भन्नेबारे अहिले त तीन तहका सरकारले गर्दा झनै झमेला बढेको छ,’ थापा भन्छन्, ‘अहिले ६६१ सरकार वटा छन् । स्थानीय तहमा वडा, पालिका लगायतका धेरै ठाउँमा जानुपर्ने कारणले पनि समस्या ल्याएको छ । प्रतिवद्धता गरेपछि बजार हेर्छन्, अरु वातावरण हेर्छन्, श्रमिक, सीप, अनुशासन लगायतका सबै कुरा मूल्याङ्कन गर्छन् ।’

सरकारमा रहेका राजनीतिक दलको पनि केही प्रभाव पर्ने पूर्वसचिव थापा बताउँछन् । पछिल्लो समय जुनसुकै राजनीतिक दल सरकारमा भए पनि वैदेशिक लगानी भित्रिन नसकेको थापाको भनाइ छ । ‘राजनीतिक पार्टी सबैले मुखले भन्छन् तर नीति नियम पनि थाहा छैन होला । मुखले आउनुस् लगानी गर्नुस् भनेर मात्रै पनि हुँदैन । सुनिश्चितताका वातावरण मिलाइदिनु पर्छ । कानुनको सुनिश्चितता हुनुपर्छ,’ थापाले भने । 

  • कसको पालामा भित्रियो धेरै लगानी ?

प्रतिशतका हिसाबमा हेर्ने हो भने सबैभन्दा धेरै वैदेशिक लगानी २०११/१२ मा भित्रिएको देखिन्छ । उक्त वर्ष १२८.८ प्रतिशत लगानी भित्रिएको छ । यो अवधिमा झलनाथ खनालको नेतृत्वमा २०११ अगष्ट २८ सम्म थियो । यसपछि  डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व लिएका थिए । 

तर परिमाणको हिसाबमा हेर्दा सबैभन्दा धेरै लगानी २०२१/२२ मा १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । यस अवधिमा जुलाई १३ सम्म केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । यसपछि डिसेम्बर २५ सम्म शेरबहादर देउबा डिसेम्बर २५ देखि यता पुष्पकमल दाहालले नेतृत्व लिएका थिए । तीन पटक सरकार परिवर्तन भएको यो वर्ष ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएकोमा ६०.६ प्रतिशत लगानी भित्रिएको छ । 

यस्तै २०२०/२१ मा सरकार केपी शर्मा ओलीको नेतृत्वमा रहेको थियो । यो वर्ष १९ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । ३७ अर्ब ८० करोड ८५ लाख लगानी प्रतिवद्धता आएकोमा ५१.५ प्रतिशत लगानी भित्रिएको छ । 

२०२२/२३ मा  १८ अर्ब ५६ करोड ३ लाख लगानी भित्रिएको छ । यस अवधिमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार थियो । परिमाणको हिसाबममा धेरै देखिएपनि यस वर्ष पनि अपेक्षित लगानी भित्रिन सकेन । ५४ अर्ब १५ करोड ८९ लाख प्रतिवद्धता आएकोमा प्रतिवद्धताको ३४.३ प्रतिशत मात्रै थियो । 

ddf

यस्तै २०१७/१८ मा १७ अर्ब ५० करोड ४६ लाख वैदेशिक लगानी भित्रिएको छ । यस वर्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २०१७ जुन ७ सम्म सरकार थियो । त्यसपछि शेरबहादुर देउवाले नेतृत्व लिए । यो वर्ष पनि प्रतिवद्धताअनुसार लगानी भित्रिन सकेन । ५५ अर्ब ६७ करोड ५ लाख लगानी प्रतिवद्धता आएकोमा  ३१.४ प्रतिशतमात्रै लगानी भित्रिएको छ । 

  • कसको पालामा धेरै लगानी प्रतिवद्धता ?

सबैभन्दा धेरै लगानी प्रतिवद्धता २०१४/१५ मा आएको छ । सो वर्ष ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएकोमा सबैभन्दा थोरै लगानी भित्रिएको छ । २०१४/१५ को फेबु्रअरीसम्म  खिलराज रेग्मीको नेतृत्वमा सरकार थियो । फेबु्रअरी११ देखिसुशील कोइराला नेतृत्वमा गएको थियो । 

कोइरालाको नेतृत्वमा सरकार रहेको बेला लगानी प्रतिवद्धता भने निकै ठूलो थियो । तर सो वर्ष ६.५ प्रतिशत  अर्थात् ४ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानी भित्रिएको तथ्यांमा उल्लेख छ । 

दोस्रो धेरै लगानी प्रतिवद्धता २०१७/०१८ मा ५५ अर्ब ६७ करोड ५ लाख  आएको थियो । तर सो वर्ष ३१.४ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड ४६ लाख वैदेशिक लगानी भित्रिएको छ । यस वर्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २०१७ जुन ७ सम्म सरकार थियो । त्यसपछि शेरबहादुर देउवाले नेतृत्व लिएका थिए ।

२०२२/२३ मा ५४ अर्ब १५ करोड ८९ लाख प्रतिवद्धता आएकोमा १८ अर्ब ५६ करोड ३ लाख लगानी प्रतिवद्धता भित्रिएको छ । यस अवधिमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार थियो । यस वर्ष पनि अपेक्षित लगानी भित्रिन सकेन ।  कूल लगानी प्रतिवद्धताको ३४.३ प्रतिशत मात्रै लगानी भित्रिएको छ ।

यस्तै २०२०/२१ मा ३७ अर्ब ८० करोड ८५ लगानी प्रतिवद्धता आएकोमा १९ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ लगानी भित्रिएको छ । यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार थियो । यो वर्ष प्रतिवद्धता आएकोमध्ये ५१.५ प्रतिशत लगानी भित्रिएको छ । 

यसैगरी २०२१/२२ मा ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएकोमा ६०.६ अर्थात् १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । यस अवधिमा केपी शर्मा ओलीकै नेतृत्वमा सरकार थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप