सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

लाजै लाग्ने गरी पहेँलो भएका छन् दाँत ? घरेलु उपायबाट यसरी गर्नुस् सफा

आइतबार, २७ असोज २०८१, १५ : ४५
आइतबार, २७ असोज २०८१

काठमाडौँ । हाँस्दाखेरि पहेँलो देखिने दाँत त कसलाई पो मन पर्ला र ? कतिपय मानिसहरू दाँत पहेँलो भएकै कारण खुलेर हाँस्न सक्दैनन् । मुस्कानले मान्छेको सुन्दरता बढाउँछ । यस कुरामा कुनै शङ्का छैन ।

तर हाँस्नु अघि तपाईँले सोच्नु पर्‍यो भने के हुन्छ ? त्यो पनि आफ्नो दाँत सफा नभएको वा पहेँलो भएको कारणले गर्दा । दाँत सफा भएन भने हामी खुलेर हाँस्न पनि सक्दैनौँ ।

पहेँलो दाँतले मुखको स्वास्थ्यलाई पनि झल्काउँछ । खानपिनका कयौँ बानीका कारण दाँत पहेँलो भएको हुन सक्छ । साथै धूम्रपान सुर्तीजन्य पदार्थ र मसलाको सेवन पनि यसको कारण हुनसक्छ । धेरै मानिसहरू दाँत पहेँलो हुने समस्याबाट ग्रसित छन् । ब्रस गर्दा पनि दाँतको पहेँलोपन हट्दैन ।

दाँत पहेँलो भएको छ भने दन्त चिकित्सककहाँ गएर पनि सफा गराउन सकिन्छ । तर हरेक पटक त समय र पैसाका कारण पनि यस्तो गर्नु सम्भव हुन्न । यस्तो अवस्थामा केही घरेलु उपायहरूले यो समस्या हटाउन मद्दत गर्न सक्छ ।

  • एप्पल साइडर भिनेगर

पहेँलो दाँत सफा गर्न एप्पल साइडर भेनेगरको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि १ कप पानीमा २ चम्चा एप्पल साइडर भिनेगर मिसाएर माउथवाश बनाउनुस् । अब यो घोललाई मुखमा ३० सेकेन्डसम्म राखेर ब्रस गर्नुस् अनि कुल्ला गर्नुस् । तर यो घोललाई धेरै भने प्रयोग गर्नु हुन्न । यसका लागि एकपटक आफ्नो दन्त चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।

  • फलफूलको बोक्रा

पहेँलो दाँत सफा गर्न कागती, सुन्तला र केराको बोक्रा प्रयोग गर्न सकिन्छ । यसले दाँतमा जमेको पहेँलो तह सफा गर्न मद्दत गर्न सक्छ । यी बोक्रामा पाइने कम्पाउन्ड डी–लिमोनिन वा साइट्रिक एसिडले दाँतलाई सेतो बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । यी फलफूलका बोक्रालाई बिस्तारै आफ्नो दाँतमा २ मिनेटसम्म रगड्नुस् अनि ब्रस गर्नुस् । दाँतको पहेँलोपना घटेर जानेछ ।

अस्वीकरण  (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप