सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

पेटमा बोसो लागेको छ ? दिनहुँ गर्नुस् यी तीन काम

आइतबार, २७ असोज २०८१, १३ : ५४
आइतबार, २७ असोज २०८१

काठमाडौँ । पेटमा बोसो लाग्नु सामान्य समस्या हो । तर यसले तपाईँलाई शारीरिक रूपमा त असर गर्छ नै यो स्वास्थ्यको लागि पनि जोखिमपूर्ण हुन सक्छ । अत्यधिक बोसोले उच्च रक्तचाप, मधुमेह र हृदय रोग जस्ता रोगहरूको जोखिम बढाउन सक्छ । पेटको बोसो घटाउन चाहनुहुन्छ भने तपाईँले सही दिनचर्या अपनाउनु पर्छ । यहाँ तीनवटा सजिलो कार्यहरूबारे बताइएको छ । जुन दैनिक रूपमा गर्नाले पेटको बोसो घटाउन र स्वस्थ जीवन जिउन सक्नुहुन्छ 

  • नियमित व्यायाम

पेटको बोसो घटाउने सबैभन्दा प्रभावकारी तरिका व्यायाम हो । दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्नाले क्यालोरी त जल्छ नै मेटाबोलिजम (पाचन प्रक्रिया)लाई पनि तीव्र पार्छ । कार्डियो एक्सरसाइज (जस्तै दौडने, साइकल चलाउने र पौडी खेल्ने) र एब्स वर्कआउटहरू (जस्तै क्रन्च र प्ल्याङ्क) आदि पेटको बोसो घटाउन विशेष गरी लाभदायक हुन्छन् । हप्ताको कम्तीमा छ दिन नियमित रूपमा यी अभ्यासहरू समावेश गर्ने प्रयास गर्नुस् ।

  • सही खानपान

पेटको बोसो घटाउन सही आहार खानु पनि धेरै महत्त्वपूर्ण छ । आफ्नो आहारमा अधिक फाइबरयुक्त र प्रोटिनयुक्त खानेकुराहरू समावेश गर्नुस्, जजसले तपाईँलाई लामो समयसम्म भोक लाग्दैन र मेटाबोलिजमलाई पनि तीव्र बनाउँछ । आफ्नो आहारमा ताजा फलफूल, तरकारी, नट र बोक्रा नफ्याँकिएको अन्न समावेश गर्नुस् । यसका साथै गुलियो र भुटेको तारेको खानेकुराबाट टाढा रहनुस् । यस्ता खानेकुराले पेटको बोसो बढाउँछ । पानी पनि प्रशस्त पिउनुस् ताकि शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सकियोस् ।

  • पर्याप्त सुत्नुस्

पेटको बोसो घटाउन अक्सर मानिसहरू व्यायाम र खानपानमा ध्यान दिन्छन् तर निद्रालाई बेवास्ता गर्छन् । पर्याप्त निन्द्रा नपुग्दा शरीरमा तनाव हर्माेनको स्तर बढ्न सक्छ, जसले बोसो बढाउँछ । दैनिक ७–८ घण्टा सुत्दा शरीरलाई स्वस्थ त राख्छ नै बोसो घटाउन पनि मद्दत गर्छ ।

पेटको बोसो घटाउन दैनिक रूपमा यी तीन बानी अपनाउनु जरुरी छ । नियमित व्यायाम, आहार र पर्याप्त निद्राको संयोजनले तपाईं आफ्नो पेटको बोसो छिट्टै घटाउन सक्नुहुन्छ र स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ । नियमित अनि धीर भएर यी उपायहरू पालना गर्नुस् । तपाईँले छिट्टै राम्रो परिणाम देख्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप