लरेन्स बिश्नोई गिरोहले लियो सिद्दिकीको हत्याको जिम्मेवारी, सलमानलाई पनि धम्की

नयाँ दिल्ली । भारतको लरेन्स बिश्नोई गिरोहले बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएको छ । उक्त गिरोहले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर यसको जिम्मेवारी लिएको हो ।
मुम्बई पुलिस यस पोस्टको प्रामाणिकता प्रमाणित गर्न व्यस्त छ । गए राति गोली हानेर एनसीपी नेता बाबा सिद्दिकीको हत्या गरिएको थियो । गोली लागेका सिद्दिकीलाई मुम्बईको लिलावति अस्पतालमा भर्ना गरिएको भए पनि उनलाई बचाउन सकिएन ।
प्रहरीले दुई आक्रमणकारीलाई पक्राउ गरेको थियो । लरेन्स बिश्नोई गिरोहले अभिनेता सलमान खानलाई पनि धम्की दिएको छ । सिद्दिकीमाथि गोली प्रहार भएपछि सलमान खानको घरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सलमान सिद्दिकीसँग नजिक थिए ।
अस्पतालबाट सिद्दिकीको पार्थिव शरीर उनको घरमा ल्याइएको छ । साँझ सात बजे उनको घरमा अन्त्येष्टि अघिको नमाज पढिनेछ । त्यसपछि राति करिब साढे आठ बजे मुम्बईको ठुलो कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु