काभा भलिबल : उपविजेता नेपाली टोलीलाई टीका र जमराले स्वागत, तस्बिरहरू

काठामाडौँ । श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । नेपाल भलिवल एसोसिएसनका पदाधिकारीले उपविजेता टोलीलाई खादा सहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो ।
शनिबार बेलुकी भएको फाइनलमा नेपाल, उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर फर्स्ट रनरअप बनेको हो । कोलम्बोमा भएको फाइनलको पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।
समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसै गरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।
श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?
-
बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव
-
प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?