हत्या गरिएका बाबा सिद्दिकीले यसरी गराएका थिए सलमान–शाहरुखको ‘प्याच–अप’

नयाँ दिल्ली । राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी)का वरिष्ठ नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । सिद्दिकी आफ्नो राजनीतिक करियरभन्दा बाहिर इफ्तार पार्टीका लागि बढी चर्चित थिए ।
बलिउड सेलिब्रेटीका लागि उनी भव्य इफ्तार पार्टी आयोजना गर्थे, जसमा धेरै सेलिब्रेटीहरू पनि उपस्थित हुन्थे । एक पटक इफ्तार पार्टीको बहानामा उनले शाहरुख खान र सलमान खानबीचको वर्षाैं पुरानो झगडालाई अन्त्य गराएका थिए ।
सन् २००८ मा शाहरुख खान र सलमान खानबिच झगडा भएको थियो । यो झगडा कट्रिना कैफको जन्मदिनको पार्टीमा भएको थियो ।
पार्टीमा दुवैबीच चर्काे विवाद भएको थियो । त्यसपछि ५ वर्षसम्म शाहरुख–सलमान खानले एकअर्कासँग कुरा गरेनन् ।
एक अर्काबाट दुरी कायम राखे । यो लडाइँपछि सलमान र शाहरुखको फ्यानहरू समेत एक अर्काका कट्टर दुस्मन बने । ।
तर, २०१३ मा बाबा सिद्दिकीको इफ्तार पार्टी बलिउडको इतिहासमा अविस्मरणीय पल बन्यो । उनीहरू दुवैले आफ्नो झगडा समाप्त गरुन् भनेर पार्टीमा बाबाले शाहरुख खानलाई सलमानका बुवा सलीम खानको छेउमा बसाएका थिए ।
सलमान आउनुअघि शाहरुखले सलीम खानसँग कुरा गरिरहेका थिए । त्यसपछि सलमान आएर शाहरुखलाई अँगालो हाल्छन् ।
पार्टीमा शाहरुख खान र सलमान खानले अँगालो हाल्दा बाबा सिद्दिकी खुसी भएका थिए । उनले दुवैको काँधमा काँध मिलाएर उभिएर फोटो खिचेका थिए । यसरी यो एक अविस्मरणीय क्षण बन्यो ।
त्यसपछि शाहरुख र सलमानले एकअर्काको फिल्ममा क्यामियो गरे । शाहरुख खानको ‘पठान’ मा सलमानको लामो क्यामियो थियो भने ‘टाइगर ३’ मा शाहरुखको लामो क्यामियो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान