सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

हत्या गरिएका बाबा सिद्दिकीले यसरी गराएका थिए सलमान–शाहरुखको ‘प्याच–अप’

आइतबार, २७ असोज २०८१, १२ : ३९
आइतबार, २७ असोज २०८१

नयाँ दिल्ली । राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी)का वरिष्ठ नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । सिद्दिकी आफ्नो राजनीतिक करियरभन्दा बाहिर इफ्तार पार्टीका लागि बढी चर्चित थिए । 

बलिउड सेलिब्रेटीका लागि उनी भव्य इफ्तार पार्टी आयोजना गर्थे, जसमा धेरै सेलिब्रेटीहरू पनि उपस्थित हुन्थे । एक पटक इफ्तार पार्टीको बहानामा उनले शाहरुख खान र सलमान खानबीचको वर्षाैं पुरानो झगडालाई अन्त्य गराएका थिए ।

 सन् २००८ मा शाहरुख खान र सलमान खानबिच झगडा भएको थियो । यो झगडा कट्रिना कैफको जन्मदिनको पार्टीमा भएको थियो । 

पार्टीमा दुवैबीच चर्काे विवाद भएको थियो । त्यसपछि ५ वर्षसम्म शाहरुख–सलमान खानले एकअर्कासँग कुरा गरेनन् । 

एक अर्काबाट दुरी कायम राखे । यो लडाइँपछि सलमान र शाहरुखको फ्यानहरू समेत एक अर्काका कट्टर दुस्मन बने । ।

तर, २०१३ मा बाबा सिद्दिकीको इफ्तार पार्टी बलिउडको इतिहासमा अविस्मरणीय पल बन्यो । उनीहरू दुवैले आफ्नो झगडा समाप्त गरुन् भनेर पार्टीमा बाबाले शाहरुख खानलाई सलमानका बुवा सलीम खानको छेउमा बसाएका थिए । 

सलमान आउनुअघि शाहरुखले सलीम खानसँग कुरा गरिरहेका थिए । त्यसपछि सलमान आएर शाहरुखलाई अँगालो हाल्छन् ।

 पार्टीमा शाहरुख खान र सलमान खानले अँगालो हाल्दा बाबा सिद्दिकी खुसी भएका थिए । उनले दुवैको काँधमा काँध मिलाएर उभिएर फोटो खिचेका थिए । यसरी यो एक अविस्मरणीय क्षण बन्यो । 

त्यसपछि शाहरुख र सलमानले एकअर्काको फिल्ममा क्यामियो गरे । शाहरुख खानको ‘पठान’ मा सलमानको लामो क्यामियो थियो भने ‘टाइगर ३’ मा शाहरुखको लामो क्यामियो थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप