जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
_hBxEOtxUab.jpg)
काठमाडौँ । जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् ।
जलवायुविद् मञ्जित ढकालले मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन् । हुनु जलवायु परिवर्तनको असरको रूपमा लिन सकिने प्रतिक्रिया दिए । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड दिन्छन् ।
उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको बताए । “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने ।
मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् । जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा आजदेखि मस्तिष्कघातसम्बन्धी दुईदिने मास्टर क्लास गर्दै न्यूरोलोजिष्ट
-
महायज्ञका नाममा जातीय विभेद प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन
-
समर्थकका लागि गृहनगरमा ‘फ्यान पार्क’ को व्यवस्था गर्दै धनगढी एफसी
-
LIVE UPDATES : काठमाडौँमा एकसाथ दुई पक्षीय प्रदर्शन, सबै अपडेट रातोपाटीमा
-
सुदूरपश्चिम प्रदेशको राजधानी साढे ६ वर्षदेखि घोषणामै सीमित, किन भयो अलपत्र ?
-
अघिल्लो जितबाट उत्साही चेन्नई र बेंगलुरु आपसमा भिड्दै