अरनिको राजमार्ग एकतर्फी सञ्चालन
आइतबार, २७ असोज २०८१, ११ : १६

धुलिखेल । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको बताए ।
सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनले बताए । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बिच बाटोमा नै रोकिएको थिए ।
शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरू गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण
-
धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा
-
उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्नुहुँदैन : अध्यक्ष ढकाल
-
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
-
आरआर क्याम्पसबाट बोहराले स्ववियु निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने