दसैँ बिदामा ७० प्रतिशतले घट्यो भन्सार राजश्व
काठमाडौँ । दसैँको समयमा भन्सार राजश्वमा झन्डै ७० प्रतिशतले कमी आएको छ । फेस्टिभ मुडका कारण आयात कम हुँदा दसैँ बिदापछिका तीन दिनमा राजश्वमा सो बराबरको कमी आएको हो ।
देशका सबै भन्सार कार्यालयहरूबाट फूलपातीदेखि टीकाको दिनसम्मको चार दिनमा भएका आयातमार्फत कुल ४३ करोड ५९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । यो दैनिक औसत १४ करोड ५३ लाख रुपैयाँ हो ।
साउन र भदौ महिनाको दुई महिनामा भन्सार कार्यालयहरूले दैनिक औसत ४७ करोड ८३ लाख ५१ हजार रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको भन्सार विभागको तथ्याङ्क छ । यो आधारमा हेर्दा दसैँको अवधिभर भएको राजश्व सङ्कलन सामान्य अवस्थाभन्दा ६९.६२ प्रतिशतले कम हो ।
अहिले देशभर स्थल र हवाई मार्ग समेत गरी ४१ वटा भन्सार कार्यालय छन् । त्यसमध्ये २७ वटा भन्सार कार्यालय अन्तर्गत १०३ वटा छोटी भन्सार कार्यालयहरू समेत छन् । यसमध्ये मुख्य भन्सार कार्यालयहरू दसैँको अवधिमा सञ्चालनमा छन् ।
भन्सार विभागका सूचना अधिकारी मुक्ति प्रसाद श्रेष्ठका अनुसार भन्सार कार्यालयहरूले कार्य चापका आधारमा समय मिलाएर कार्यालय खोल्ने व्यवस्था गरिएको उनले जनाकारी दिए । छोटी भन्सारको सन्दर्भमा पनि चापको आधारमा सम्बन्धित मुख्य भन्सार कार्यालयबाटै निर्णय हुने गरेको उनको भनाइ छ ।
आन्तरिक राजश्व समेत गर्दा दसैँ बिदाभन्दा अघि दैनिक औसत २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको देखिन्छ । दसैँको अवधिमा भएको राजश्व सङ्कलन यसअघिको औसत राजश्व सङ्कलनको ९४.७० प्रतिशत कम हो ।
यो अवधिमा आन्तरिक राजश्व कार्यालय भने यो अवधिमा पूर्ण रूपमा बन्द छन् । सोही अनुसार नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरूलाई राजश्व काउन्टर अनिवार्य रूपमा खुला गर्नुपर्ने यसअघिको व्यवस्थालाई दसैँको यो अवधिका लागि निलम्बन समेत गरिदिएको यो अवधिमा आन्तरिकतर्फको राजश्व सङ्कलन ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु
-
प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना : तीन जना घाइते
-
जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा बिदा
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल
-
नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको नालीबेली
-
जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई