सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

हैदराबादमा बाउन्ड्रीको वर्षा, तोडियो नेपालको रेकर्ड

आइतबार, २७ असोज २०८१, ०९ : १६
आइतबार, २७ असोज २०८१

हैदराबाद । शनिबार बंगलादेशविरुद्धको तेस्रो टी–२० खेलमा भारतले टी–२० अन्तर्राष्ट्रियमा उसको सबैभन्दा ठुलो स्कोर खडा गर्‍यो । पहिले ब्याटिङ गरेको भारतले सञ्जु समासनको शतकको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ९७ रन बनाएको थियो ।

भारतले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । यस क्रममा टोलीले थुप्रै रेकर्डहरू तोडिएका छन् । ती रेकर्डहरूबारे यहाँ चर्चा गरिएको छ ।

  • २९७/६ – भारतले बंगलादेशविरुद्ध बनाएको स्कोर पुरुष टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले बनाएको सबैभन्दा दोस्रो ठुलो स्कोर हो । यो रेकर्ड नेपालको नाममा छ । नेपालले गत वर्षको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो । भारतले यसअघि सन् २०१७ मा श्रीलंकाविरुद्ध ५ विकेटको क्षतिमा २६० रन बनाएको थियो ।
  • २३२ – हैदराबादमा भारतले बाउन्ड्रीबाट बनाएको रनको सङ्ख्या । पुरुष टी–२० मा कुनै पनि टोलीले बाउन्ड्रीबाट बनाएको सबैभन्दा धेरै रन हो । यसअघि पञ्जाबले आन्ध्रविरुद्ध २ सय १६ रन बनाएको थियो । पुरुष टी–२० अन्तर्राष्ट्रियमा भने नेपालले मंगोलियाविरुद्ध २ सय १२ रन बनाएको थियो ।

sanju samson 2

  • ४७ – भारतले बंगलादेशविरुद्ध हिर्काएको बाउन्ड्रीको सङ्ख्या । यसमा २५ चौका र २२ छक्का समावेश छ । पुरुष टी–२० मा यो नयाँ रेकर्ड हो । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध सन् २०१९ मा र पञ्जाबले आन्ध्रविरुद्ध सन् २०२३ मा ४३ वटा बाउन्ड्री हिर्काएको थियो ।
  • १८ – भारतीय इनिङ्समा १० वा सोभन्दा रन बनेका ओभरको सङ्ख्या । पुरुष टी–२० मा यो पनि नयाँ कीर्तिमान हो । मेहदी हसनले फालेको पहिलो ओभरमा ७ र नवौँ ओभरमा ९ रन आएको थियो ।
  • १ – सञ्जु सामसन पुरुष टी–२० अन्तर्राष्ट्रियमा भारतका लागि शतक बनाउने पहिलो विकेटकिपर बनेका छन् । यसअघि सन् २०२२ मा इशान किसनले श्रीलंकाविरुद्ध ८९ रन बनाएका थिए । सामसनले बनाएको १ सय ११ रन कुनै पनि विकेटकिपरले पुरुष टी–२० अन्तर्राष्ट्रियमा बनाएको छैटौँ ठुलो स्कोर हो ।

suryakumar

  • ४० – सामसनलाई शतक बनाउन लागेको बलको सङ्ख्या । पुरुष टी–२० अन्तर्राष्ट्रियमा भारतका लागि दोस्रो चाँडो शतक हो । यसअघि रोहित शर्माले सन् २०१७ मा श्रीलंकाविरुद्ध ३५ बलमा शतक प्रहार गरेका थिए ।
  • २ – भारतले १० ओभरमा बनाएको १ विकेटको क्षतिमा १ सय ५२ रनभन्दा कुनै पनि टोलीले धेरै रन बनाएको सङ्ख्या । यसअघि अस्ट्रेलियाले स्कटल्याण्डविरु ९.४ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो भने एस्टोनियाले सन् २०२४ मा साइप्रसविरुद्ध १० ओभरको अन्त्यमा ४ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । 
  • १३.६ – भारतलाई २ सय रन पूरा गर्न लागेको ओभरको सङ्ख्या । पुरुष टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले दोस्रो चाँडो २ सय रन बनाएको हो । गत वर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध १३.५ ओभरमा यो उपलब्धि हासिल गरेको थियो ।
  • १ – भारतले शनिबार बंगालदेशविरुद्ध सबैभन्दा चाँडो १ सय पुरा गरेको छ । टोलीले ७.१ ओभरमा १ सय रन बनाएको थियो । यसअघि टोलीले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध ७.६ ओभरमा शतक पुरा गरेको थियो ।

388936

  • ३७ – भारतले पुरुष टी–२० अन्तर्राष्ट्रियमा बनाएको २ सय रनभन्दा बढीको स्कोरको सङ्ख्या । कुनै पनि पुरुष टोलीका लागि यो रेकर्ड हो । 
  • १३३ – भारतले बंगलादेशलाई हराएको रनको अन्तर । कुनै पनि टोलीले रनको आधारमा बंगलादेशविरुद्ध हासिल गरेको यो सबैभन्दा ठुलो जित हो । भारतले छैटौँ पटक १ सय वा सोभन्दा बढी रनको अन्तरले जित हासिल गरेको छ । भारतबाहेक जापान (८), क्यानडा (७) र मलेसिया (७) ले ६ वा सोभन्दा बढी पटक यस्तो उपलब्धि हासिल गरेका छन् ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप