सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

युरिक एसिड बढेर सहनै नसक्ने भएको छ ?

आइतबार, २७ असोज २०८१, ०७ : १६
आइतबार, २७ असोज २०८१

काठमाडौँ । युरिक एसिड हाम्रो शरीरमा पाइने एक अपशिष्ट पदार्थ हो । यो शरीरको कोष टुक्रिदा बन्छ । 

शरीरमा बन्ने यो एसिडलाई बाहिर निकाल्ने काम मिर्गौलाले पिसाबमार्फत बाहिर फाल्ने गर्छ । तर शरीरमा धेरै मात्रामा युरिक एसिड बन्न थाल्यो भने किड्नीले सबैलाई शरीरबाट निकाल्न सक्दैन । जसले गर्दा शरीरमा युरिक एसिडको मात्रा बढ्न थाल्छ । 

यसका कारण जोर्नीमा दुखाई बढ्न थाल्छ । समय छँदै यसको उपचार गर्न सकिएन भने यसले जोर्नीमा समस्या निम्त्याउँछ । 

यसलाई नियन्त्रण गर्न औषधिको सेवन गरिन्छ । तर यो समस्या समाधान गर्न केही घरेलु उपाय पनि सहायक हुन सक्छ । शरीरमा युरिक एसिडको मात्रा बढेको छ भने आजैबाट बाजराको पिठोबाट बनेको रोटी खान सुरु गर्नुस् । 

युरिक एसिडमा बाजरालाई फाइदाजनक मानिन्छ । यसमा प्यूरिन निकै कम हुन्छ भने फाइबर निकै धेरै हुन्छ । शरीरबाट युरिक एसिड हटाउन यो लाभदायक साबित हुन सक्छ।

बाजरालाई स्वस्थ अन्नमा गनिन्छ । यसमा पाइने पोषक तत्त्वहरू शरीरका लागि निकै लाभदायक छ । यो पीठोको सेवन गर्नु विशेष गरी जाडो मौसममा फाइदाजनक मानिन्छ किनभने यसले शरीरलाई न्यानो राख्छ । 

बाजरामा प्रशस्त मात्रामा फाइबर, भिटामिन बी३, आइरन, जिङ्क हुन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन पनि पाइन्छ । दैनिक रूपमा बाजराको सेवनले तौल घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण र युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्छ ।

अस्वीकरण  (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप