बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपालीहरूले मनाए दसैँ

आइतबार, २७ असोज २०८१, ०७ : ०८
आइतबार, २७ असोज २०८१

वासिङ्टन । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका ग्रहण तथा आशीर्वाद लिई दसैँ मनाएका छन् । अमेरिकामा केही राज्यमा केही घण्टा फरक हुने हुनाले अझै टिका ग्रहण गर्ने क्रम जारी रहेको छ ।

CM BHATTRAI

यस पटक अमेरिकामा छुट्टीको दिन टीका लगाउने दिन परेकोले अझ नेपाली समुदायलाई सजिलो भएको छ । तथापि अझ पनि काममा बिदा नहुने नेपालीहरूले साँझमा कामबाट आएर टीका समेत ग्रहण गरेका छन् ।

DHARMA 3

यस वर्षको दसैँ शनिबार परेकोले नेपाली समुदाय निकै खुसी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे l अमेरिकामा नेपाली सङ्घ/संस्था तथा नेपाली मन्दिरहरूले समुदायको लागि जमराको व्यवस्था गरि दिए पछि सजिलो भएको छ l 

DOHRO PUSTA

अमेरिकाका विभिन्न राज्यहरूमा दर्जनौँ मन्दिरहरू स्थापना गरि सकेका छन् । नेपाली मन्दिरहरूमा घटस्थापना देखि समय व्यवस्थापन गरि मन्दिरको दर्शन गरेका छन् ।

DR KESAB

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाल सहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेकोले अधिकांशले उक्त समयमा टीका ग्रहण गरे ।

KHANAL RAJ

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दिएको साइत अनुसार अक्टोबर १२, शनिबार न्यूयोर्कमा बिहान १०:०१, टेक्ससमा बिहान १०:०५,वासिङ्टन डिसीमा बिहान ०९:५५ तथा क्यालिफोर्नियामा बिहान  ०९:३९ बजे समय शुभ रहेकोले धेरै जनाले यसै अनुसार पनि टिका लगाएका छन् ।

MAHESWAR

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

PRAPUSKAR PANTRAMESHSUMNIMASUNITA JEESURESHUPRETI

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?