मुम्बईमा एनसीपी नेताको गोली हानी हत्या

मुम्बई । भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो ।
त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।
छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ ।
यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।
घटनाको जानकारी दिँदै सीएम एकनाथ शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उहाँको मृत्यु भएको छ । यो दुखद घटना हो । दुई अभियुक्त पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो अभियुक्त पनि छिट्टै पक्राउ पर्नेछन् । एक आरोपी हरियाणा र एक उत्तर प्रदेशका हुन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू
-
कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्न खोज्ने बोर्ड कसरी पछि हट्यो ?
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?