पोर्चुगलको जितमा रोनाल्डोको गोल

वारस । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले १ सय ३३ औँ गोल गर्दा टोलीले पोल्याण्डविरुद्ध सहज जित हासिल गरेको छ । यूईफए नेसन्स लिग अन्तरगत शनिबार भएको खेलमा पोर्चुगल ३–१ गोलले विजयी बनेको हो ।
खेलको २६ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा बर्नार्डो सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा कप्तान रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए ।
यसअघि उनको प्रहार क्रसबारमा लागेको थियो । युरो २०२४ मा एक पनि गोल गर्न नसकेका रोनाल्डोको नेसन्स लिगका तीन खेलमा तेस्रो गोल थियो ।
७८ औँ मिनेटमा पिटोर जेलिन्स्कीले पोल्याण्डका लागि एक गोल फर्काए पनि ८८ औँ मिनेटमा जान बेडनारेकले आत्मघाती गोल गरेपछि पोर्चुगलले सजिलै खेल जित्यो ।
लिग ए को ग्रुप १ मा रहेको पोर्चुगलले सबै ३ खेल जित्दै ९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । अब टोलीले सबै खेल हारेको स्कटल्याण्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवालाई कागजरहित बनाइने, ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’मा के छ ?
-
मधेसका किसानले अनुदान पाउने
-
नयाँ भर्सनमा नेपथ्यको ‘हिमाल चुचुरे’
-
इसेवा महा–उत्सवका विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो
-
निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु