नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । ्खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।
समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।
श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिल र महान्यायाधिवक्ता विभाजन आवश्यक
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड