शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

काममा मन लाग्दैन ? कतै तपाईँलाई डिप्रेसन त भएको छैन ?

शनिबार, २६ असोज २०८१, १५ : ५७
शनिबार, २६ असोज २०८१

काठमाडौँ । तनाव एक यस्तो मानसिक रोग हो जसबाट ग्रस्त भएपछि मान्छेलाई आफ्नो जीवन नीरस, अधुरो र दिशाहीन लाग्न थाल्छ । तनावले धेरैको जीवन अँध्यारो बनाएको छ । 

समयमै उपचार नगरे यसले धेरै गम्भीर परिणाम निम्त्याउने चिकित्सकहरू बताउँछन् । त्यसैले आफू तनावको चपेटामा परेको थाहा पाउने बित्तिकै डाक्टरको सल्लाह लिन जरुरी छ । तर कयौँ पटक हामी आफू डिप्रेसनको सिकार भएको थाहा पाउँदैनौँ । 

  • कस्ता हुन्छन् तनावका प्रारम्भिक लक्षणहरू ?

तनावका प्रारम्भिक लक्षणहरू सामान्य प्रकृतिका हुने भएकाले धेरैले यसलाई बेवास्ता गर्छन् । कुनै पनि काममा रुचि लाग्दैन । जीवन दिशाहीन र उद्देश्यहीन जस्तो लाग्न थाल्छ । अब सबै कुरा सकियो केही पनि बाँकी छैन जस्तो लाग्न थाल्छ । 

मनस्थितिमा एक्कासि परिवर्तन आउँछ, तनावको चपेटामा आएपछि पहिले मन परेका कुरा पनि अब राम्रो लाग्दैन । थकान महसुस भइरहन्छ, एकाग्रताको कमी हुन्छ, नकारात्मक सोच हाबी हुन्छ, आत्मविश्वासको कमी हुन्छ, असहाय महसुस हुन्छ, भविष्य अन्धकार भएको महसुस हुनु थाल्छ । 

  • कति बेला लिने हो  चिकित्सकको सल्लाह ?

तनावग्रस्त व्यक्तिले कहिलेकाहीँ आफूलाई यति अयोग्य/बेकार ठान्छ कि अब आफू कुनै पनि काम गर्न सक्ने क्षमता नभएको महसुस गर्ने थाल्छ । कुनै व्यक्तिमा दुई हप्ताभन्दा बढी समयसम्म यस्ता लक्षणहरू रहिरह्यो भने उसले तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ ।

तनावबाट मुक्त हुन सबैभन्दा पहिले यो मानसिक रोग हो भनेर बुझ्नुपर्छ । जब तपाई रोगबारे कुरा गर्न थाल्नु हुन्छ यसको उपचार पनि हुन्छ । यस्तो अवस्थामा तत्काल मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । 

उनले दिएका सुझावहरूलाई जीवनमा लागू गर्नुपर्छ । यो सम्भव छ भने केही औषधिहरूको पनि सेवन गर्नु पर्छ । यी सबैबाट तपाईँले लाभ लिन सक्नु हुनेछ । 

विश्वमा २८ करोड मानिस डिप्रेसनको सिकार रहेको तथ्याङ्कले देखाउँछ ।  लक्षणहरू पहिचान गर्न ढिलो भयो भने धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । डिप्रेसनका लक्षणहरू तुरुन्तै पहिचान गरेर आवश्यक उपचार वा परामर्श लिनु पनि फाइदाजनक नै हुन सक्छ ।

अस्वीकरण  (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप