६५ वर्षको उमेरमा सञ्जय दत्तले गरे चौथो पटक बिहे

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् ।
अभिनेताले आफ्नी पत्नी मान्यता दत्तसँग बिहेका वचन दोहोर्याइरहेका थिए । दुवैको विवाह भएको १६ वर्ष भइसकेको छ ।
अनलाइन शेयर गरिएको भिडियोमा सञ्जयले सुन्तला रङको कुर्ता र धोती लगाएका छन् । मान्यताले क्रिम रङको जोडा लगाएकी छिन् । रिपोर्टका अनुसार सञ्जय र मान्यताले गृह प्रवेशमा सात फेरा लिएका थिए । दत्त दम्पतीले हालै आफ्नो घर मर्मत गराएर सरेका थिए ।
मान्यता सञ्जयकी तेस्रो श्रीमती हुन् । उनीहरूले सन् २००८ मा बिहे गरेका थिए । यो जोडीले गोवामा विवाह गरेका थिए ।
मान्यता भन्दा पहिले सञ्जयको विवाह रिया पिल्लईसँग भएको थियो । उनी एयर होस्टेस र मोडल थिइन् । त्यसअघि उनको विवाह ऋचा शर्मासँग भएको थियो । यो जोडीको एउटी छोरी छिन्, त्रिशाला दत्त ।
सन् १९९६ मा ब्रेन ट्युमरका कारण ऋचाको मृत्यु भएको थियो । त्रिशाला मान्यतासँग एकदमै नजिक छिन् र उनीहरू प्रायः सँगै समय बिताउँछन् । त्रिशाला बाहेक, मान्यताका साथ सञ्जयका जुम्ल्याहा छोरा छोरी शाहरान र इक्रा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा