गाउँपालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट लागु औषध अफिमसहित पक्राउ परेका हुन् ।
विशेष सूचना अनुसार उनलाई लागु औषध अफिमसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगन्जको आदर्शनगरबाट कलवारलाई करिब ४ ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अफिमसहित पक्राउ परेका कलवारमाथि प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनले भने, ‘हामी कहाँ सूचना आयो, त्यसपछि हाम्रो टोलीले त्यही सूचना बमोजिम उनलाई नियन्त्रणमा लियो । उक्त अफिम कलवारले बोकेका हुन् वा होइनन् त्यो अझै ‘क्लियर’ हुन सकेको छैन । त्यसकारण हामीलाई आएको सूचना र मोटरसाइकलको सिटमुनि राखिएको अफिमबारे धेरै पाटोबाट अनुसन्धान गरिरहेका छौँ ।’
कलवारको घरको कम्पाउन्डमा राखिएको मोटरसाइकलबाट अफिम बरामद भएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका कलवारलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
-
सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
-
आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह