शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

मल्लिका शेरावतको जन्म हुँदा घरमा शोक, आमा डिप्रेशनमा

शनिबार, २६ असोज २०८१, १३ : ४१
शनिबार, २६ असोज २०८१

मुम्बई । मल्लिका शेरावत हालै रिलिज भएको फिल्म ‘विक्की विद्या का वो वाला वीडियो’ बाट हिन्दी फिल्ममा कमब्याक गरेकी छिन् । हालै एक अन्तर्वार्तामा मल्लिकाले बाल्यकालदेखि नै परिवारबाट सहयोग नपाएको बताइन् । 

आफू जन्मिएसँगै परिवारमा शोक छाएको पनि अभिनेत्रीले बताइन् । आमा छोराको साटो छोरी जन्मिएपछि डिप्रेसनमा नै पुगेको उनले खुलाइन् ।

हटरफ्लाईलाई हालै दिएको एक अन्तर्वार्तामा पितृसत्ता र परिवारको समर्थनको बारेमा कुरा गर्दै मल्लिकाले भनिन्, ‘मलाई कसैको समर्थन थिएन। न आमाको, न बाबुको, न परिवारको ।’

उनले थप भनिन्, ‘जब म जन्मिएँ, मेरो परिवारमा शोक थियो । मेरी आमा डिप्रेसनमा थिइन् । उनको के दोष थियो ? उनीमाथि निकै दबाब थियो । समाजले उनलाई छोरा जन्माउन यति धेरै दबाब दिएको थियो । कल्पना गर्नुहोस्, मेरी गरिब आमा त्यतिबेला १७ वर्षकी थिइन्‌। कल्पना गर्नुहोस् कि गर्भवती हुनु र बच्चा जन्माउन कति गाह्रो भएको हुन्छ । यस्तो अवस्थामा तपाईंलाई बधाई दिनुको सट्टा मानिसहरूले तपाईँलाई १० वटा कुरा सुनाइरहेका थिए । हजुरआमा भन्नुहुन्थ्यो, केटा छ भने जरा जमिनमा जान्छ । तर त्यहाँ केटीको जन्म भएको थियो।’

फिल्म ‘विक्की विद्या का वो वाला वीडियो’ अक्टोबर ११ मा सिनेमाघरमा रिलिज भएको छ। फिल्ममा राजकुमार राव र तृप्ति डिमरी मुख्य भूमिकामा छन् भने मल्लिका शेरावत, विजय राज, अर्चना पूरन सिंह सहायक भूमिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप