शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

आलियाले गायनमा पनि करियर बनाउन लागेकी हुन्  ?

शनिबार, २६ असोज २०८१, १३ : २९
शनिबार, २६ असोज २०८१

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फिल्म ‘जिगरा’ लाई लिएर चर्चामा छिन । दिदी भाइबिचको भावनात्मक सम्बन्धमा आधारित यस फिल्ममा उनी वेदांग रैनाको अपोजिट देखिएकी छिन् । 

आलियाले अभिनय बाहेक गायनमा पनि उत्तिकै पोख्त छिन् । ‘हम्प्टी शर्माकी दुल्हनियामा’ आलियाले ‘समझावा’ गीत गाएर आफ्नो सांगीतिक प्रतिभा देखाइसकेकी छिन् । उड्ता पञ्जाबका लागि दिलजीत दोसाँझसँग इक कुडी  पनि गाइन् । यसैबिच, करीना कपुर खानले आलियालाई उनको गायनबारे रोचक प्रश्न सोधेकी छिन् ।

  • करीनाको शो ‘वुमन वान्ट’ मा आएकी थिइन्

आलियाले अहिलेसम्म औंलामा गन्न सकिने गीत मात्रै गाएकी छिन् । तर करीना कपूर  उनको सांगीतिक प्रतिभालाई लिएर निकै उत्सुक छिन् । उनले अभिनेत्रीलाई एकल रिलिज गर्ने योजना छ कि भनेर सोधेकी थिइन् ।  

आलिया भट्ट हालै करिना कपूरको शो ह्वाट वुमन वान्टमा देखिएकी थिइन् । यसै क्रममा करिनाले आलियालाई ‘यो के हो ? तिमी गायनमा पनि करियर बनाउने गइरहेकी छौं ? मलाई थाहा छैन तिम्रो आवाज राम्रो छ कि छैन । मैले सोधेको मात्रै,’ भनेर सोधेकी थिइन् । करिनाको यो प्रश्नको जवाफमा दुवै अभिनेत्री हाँस्छन् । 

  • आफ्नै गीत बनाउन चाहन्छिन् आलिया 

करिनालाई जवाफ दिँदै आलियाले आफ्नो गायक बन्ने कुनै इच्छा नभएको स्पष्ट पारिन् । ‘होइन, पटक्कै होइन । वेदांगले गाउन सक्छ र बजाउँछ पनि,  उसले एल्बम पनि बनाउन सक्छ । म मेरो बाथरुममा गाउन सक्छु अनि रेकर्डिङ स्टुडियोमा केही व्यक्तिको सहयोगमा गाउन सक्छु,’ आलियाको जवाफ थियो । 

यो उत्तर सुनेर करियाले अभिनेत्रीलाई फेरि त्यसो भए अरु कुनै सिंगल त ल्याउँदिनौं भनेर सोध्छिन् । यसको जवाफमा आलियाले यस विषयमा आफूसँग केही योजना भएको तर ती सबै मरिसकेको बताइन् ।

  • जेल ब्रेकमा आधारित छ ‘जिग्रा’को कथा 

गत शुक्रबारबाट आलिया भट्ट र वेदांग रैना अभिनित फिल्म ‘जिगरा’ रिलिज भएको छ । यो फिल्म दिदी भाइको भावनात्मक सम्बन्धमा आधारित छ । फिल्ममा आलियालाई आफ्नो भाइ बनेको वेदांगलाई जेलबाट निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । । चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । वसन बालाले निर्देशन गरेको यो फिल्मलाई आलियाले करण जोहरको धर्मा प्रोडक्सनसँग मिलेर निर्माण गरेकी हुन् । सामाजिक सञ्जालमा आलियाका फ्यानहरूले फिल्ममा उनको अभिनयको तारिफ गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप