शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

उन्डाभको गोलमा जर्मनीको जित

शनिबार, २६ असोज २०८१, १० : ३१
शनिबार, २६ असोज २०८१

साराजेभो । डेनिज उन्डाभको दुई गोलको मद्दतले जर्मनीले यूईएफए नेसन्स लिगमा बोस्निया हर्जगोभिनालाई पराजित गरेको छ । शुक्रबार राति जर्मनीले २–१ गोलको जित हासिल गर्न सफल भयो ।

स्टुटगार्टका स्ट्राइकरले खेलको ३० औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । ६ मिनेटपछि उनले टोलीको अग्रता दोब्बर बनाए । मात्र दोस्रो सुरुवातमा उनले टोलीका लागि तीन गोल गरिसकेका छन् ।

खेलमा उनले ह्याट्रिक पुरा गर्ने अवसर पाएका थिए । तर, उनको गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

खेलको ७० औँ मिनेटमा ३८ वर्षीय एडिन जेकोले सर्बियाका लागि एक गोल फर्काए पनि टोलीले बराबरी गोल भने गर्न सकेन ।

लिग ए को समूह तीनमा रहेको जर्मनी ७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । बोस्निया हर्जगोभिाना मात्र १ अङ्कसहित पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप