शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

भान डाइकले रातो कार्ड पाउँदा रोकियो नेदरल्याण्ड्स

शनिबार, २६ असोज २०८१, १० : २५
शनिबार, २६ असोज २०८१

बुडापेस्ट । भर्जिल भान डाइकले रातो कार्ड पाउँदा नेदरल्याण्ड्स हंगेरीसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

खेलमा अग्रता हंगेरीले लिएको थियो । रोलान्ड सालाईले ३२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७९ औँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै भान डाइक मैदान छाड्न बाध्य भए । यसका बाबजुद १० खेलाडीमा सीमित नेदरल्याण्ड्सका लागि डेनजेल डम्फ्राइजले ८३ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

लिग ए को ग्रुप ३ मा रहेको नेदरल्याण्ड्स ३ खेलबाट ५ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ । २ अङ्कसहित हंगेरी तेस्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप