बोइङले १७ हजार कर्मचारीलाई निकाल्ने
शनिबार, २६ असोज २०८१, ०८ : २६

वासिङ्टन । हवाइजहाज निर्माण कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीको यो निर्णयका कारण करिब १७ हजार कर्मचारीले जागिर गुमाउने छन् । बोइङको यो निर्णयले यसको उत्पादनमा पनि ढिलाइ हुनेछ।
वास्तवमा, कम्पनीले हाल व्यवसायसँग सम्बन्धित धेरै समस्याहरूको सामना गरिरहेको छ। बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको इमेलमा कार्यकारी, व्यवस्थापक र कर्मचारीको जागिर जोखिममा रहेको बताएकी छन्।
बोइङले आफ्नो हतियार र सैन्य उपकरण निर्माण व्यवसायमा घाटा हुने चेतावनी पनि दिएको छ । साथै, कम्पनीले आफ्नो नयाँ प्लेन ७७७ एक्सको डेलिभरी मिति पनि थपेको छ ।
बोइङले कर्मचारी हडताल र आफ्ना विमानहरूको गुणस्तरसँग सम्बन्धित समस्याहरूको सामना गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन