शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डसँगको टेस्ट सिरिजका लागि भारतीय टोलीको घोषणा

शनिबार, २६ असोज २०८१, ०८ : १५
शनिबार, २६ असोज २०८१

नयाँ दिल्ली । अक्टोबर १६ बाट सुरु हुने भारत–न्युजिल्याण्ड टेस्ट सिरिजका लागि १५ सदस्यीय भारतीय टोलीको घोषणा गरिएको छ । टोलीमा दुई विकेटकिपर ऋषभ पन्त र ध्रुव जुरेलले स्थान पाएका छन् । जसप्रित बुमराह उपकप्तानको भूमिकामा देखिनेछन् ।

सिरिजको पहिलो खेल १६ देखि २० अक्टोबरसम्म बैंगलोरमा हुनेछ । दोस्रो खेल २४ देखि २८ अक्टोबरसम्म पुणेमा हुनेछ । तेस्रो खेल नोभेम्बर १ देखि नोभेम्बर ५ सम्म मुम्बईमा हुनेछ ।

भारतीय टोली: रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, आकाश दीप।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप