शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

चेन्नईनजिक यात्रुवाहक रेल मालगाडीसँग ठोक्कियो

शुक्रबार, २५ असोज २०८१, २३ : १३
शुक्रबार, २५ असोज २०८१

तमिलनाडु । तमिलनाडुमा शुक्रबार राति मैसूर-दरभंगा एक्सप्रेस रेल एउटा मालगाडीसँग ठोक्किएको हो । दुर्घटना कावराइपेट्टई रेलवे स्टेशन नजिक भएको हो। चेन्नईबाट यस स्टेशनको दूरी ४१ किलोमिटर छ।

अधिकारीहरुका अनुसार दुर्घटना राति ८.३० बजे भएको हो । समाचार तयार पार्दासम्म कुनै हताहतीको खबर छैन। केही व्यक्ति भने घाइते भएका छन् । 

चेन्नई सेन्ट्रलबाट मेडिकल राहत भ्यान र उद्धार टोली घटनास्थल पुगेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कावराइपेट्टई रेलवे स्टेशनमा मालसामान रेल पार्किङ गर्दा पछाडिबाट आएको यात्रुवाहक रेलसँग ठोक्किएको थियो। 

३ वटा डिब्बामा आगलागी भएको छ भने ५–६ वटा डिब्बा लिकबाट खसेका छन् । जसका कारण ट्र्याकमा अप/डाउन आवतजावत प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप