मौसम पूर्वानुमान
विजयादशमीको दिन यी प्रदेशमा वर्षाको सम्भावना
शनिबार, २६ असोज २०८१, ०५ : ४०

काठमाडौँ । आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपा नेपालको महाधिवेशन पुनः सर्ने
-
किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब मन्त्रालयबाटै
-
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना
-
इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट