बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
समाचार

अपडेट : हाइड्रोलिक सिस्टम फेल भएको एयर इन्डियाको विमान सुरक्षित अवतरण

शुक्रबार, २५ असोज २०८१, २० : ५५
शुक्रबार, २५ असोज २०८१

तमिलनाडु । तिरुचलापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डिया एक्सप्रेसको विमानले आकस्मिक अवतरण गरेको छ । शुक्रबार साँझ ५ः४० बजे उडान भर्ने बित्तिकै विमानको हाइड्रोलिक सिस्टम फेल भएको थियो । 

यसपछि विमान करिब ३ घण्टासम्म आकाशमा घुमिरह्यो । यस पछि, विमान लगभग भारतीय समयअनुसार ८ बजेर १५ मा सुरक्षित अवतरण भयो। भारतको नागरिक उड्डयन मन्त्रालयले स्थितिबारे थप मूल्याङ्कन भइरहेको जानकारी दिएको छ ।

एयर इन्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्य सवार थिए। सिस्टम फेल भएको थाहा पाएलगत्तै विमानस्थलमा आपत्काल घोषणा गरिएको थियो । पाइलट विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका थिए ।

पाइलटको आकस्मिक सन्देश पाएलगत्तै दमकल र एम्बुलेन्सलाई विमानस्थलमा तैनाथ गरिएको थियो । साथै आकस्मिक उद्धार टोली पनि तयारी अवस्थामा राखिएको छ ।

विमानस्थलका सम्पूर्ण कर्मचारीलाई अलर्टमा राखिएको थियो । एयर ट्राफिक कन्ट्रोलले अवतरणको घोषणा गरेलगत्तै निर्धारित प्रक्रियाअनुसार विमान अवतरण भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप