शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

विजयादशमीमा कस्तो छ तपाईंको राशिफल ?

शनिबार, २६ असोज २०८१, ०५ : ३०
शनिबार, २६ असोज २०८१

वि.सं. २०८१ साल असोज २६ गते । शनिबार । ईश्वी सन् २०२४ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–दशमी, ५५ घडी ३७ पला, रातको ४ बजेर १८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–श्रवण, ४७ घडी १० पला, रातको १२ बजेर ५४ मिनेट उप्रान्त धनिष्ठा । योग–धृति, ३९ घडी ४९ पला, बेलुकी ९ बजेर ५८ मिनेट उप्रान्त शूल । 

करण–तैतिल, बेलुकी ५ बजेर ४ मिनेट उप्रान्त गर, रातको ४ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मकर । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५८ पला । विजया दशमी (टिका)

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्यामा सोचे अनुरूप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरू तपाईंको कामदेखि प्रसन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशीर्वाद लिन सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडीहरू चढ्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ ।  अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाइहरू जनमानसमा लैजान सकिनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशीर्वाद लिन सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशीर्वाद लिन सकिनेछ । साझेदारहरूबिच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी  गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन्  ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा वृद्धि हुनेछ भने थप ठाउँमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हात लागि हुने योग रहेको छ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशीर्वाद लिन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको समर्थन पाउनेछन् । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशीर्वाद लिन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइन ग्रहयोग रहेको छ । दाजुभाइ हरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । आफन्त तथा अग्रजबाट टिका तथा प्रसाद ग्रहण गर्न  सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अङ्क ल्याई सफलता हात पार्न सकिनेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइहरूसँगै रहेर मिठो खाना खाने तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मीय मित्र तथा सहयोगीको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । छोटो यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशीर्वाद लिन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप