जनमत पार्टीका शीर्ष नेता जसपा नेपालमा प्रवेश

काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालले पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमत पार्टी राजनीति समितिका सदस्य करिमा बेगम लगायत थुप्रै नेता पार्टी प्रवेश गरेका हुन् ।
करिमा बेगमका साथै जनमत पार्टीका राजनीतिक समिति सदस्य शशि कपुर मियाँ, केन्द्रीय सदस्यहरू सब्बो खातुन, विजय यादव, सुधीरनाथ पाण्डे, प्रदेश समिति सदस्य शानि दिवेदी, राजकुमार ठाकुर, विजय राम पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।
त्यस्तै जनमत पार्टी निकट मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष औरन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष परबेज अख्तर, प्रमोद यादव, जिल्ला समिति सदस्य मजिद देवान, जितेन्द्र चौरसिया, सायद अलि, जयकुमार मिश्रा, अजिम मियाँ हावारी, संजय साह, इमराना खातुन, रेयाज मियाँ, बिरगंज महानगर उपाध्यक्ष संगिता तिवारी, महानगर सचिव राजेश यादव, पटेर्वा सुगौली गापा अध्यक्ष रेयाज अहमद लगायतका नेता कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै