शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

शरीरमा आइरनको कमी छ, खानुस् यी पाँच चिज

शुक्रबार, २५ असोज २०८१, १७ : २३
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । मान्छेको शरीर असङ्ख्य चिजले मिलेर बनेको हुन्छ । यसलाई चलाइराख्न धेरै प्रकारका पोषक तत्त्वहरूको आवश्यकता पर्छ । 

खनिज पनि यस्तै चिज हो । हामीलाई निकै कम खनिज चाहिन्छ । तर यसको मात्रा अलिकति मात्रै कम भयो भने पनि शरीरको पूरै सिस्टम बिग्रिन्छ । 

आइरन पनि त्यस्तै महत्वपूर्ण खनिज हो । हाम्रो शरीरलाई ताकतको लागि आइरन चाहिन्छ । शरीरमा आइरन हेमोग्लोबिनको हिस्सा हो । यसले रगतमा भएको अक्सिजनलाई शरीरका अन्य सबै भागहरू पुर्‍याउँछ ।

त्यसैले जब शरीरमा आइरनको अभाव छ, रगतको अभाव हुन्छ । रगतको अभाव हुनु भनेको शरीरमा आइरनको मात्रा कम हुनको संकेत पनि हो । आइरनको अभाव हुनुको अर्थ शरीरमा बलको अभाव हुनु हो ।

आइरनको अभाव भयो भने के हुन्छ ?

शरीरमा आइरनको अभाव हुनुको अनेकौँ लक्षणहरू देखिन्छन् । यसको सबैभन्दा टड्कारो लक्षण भनेको कमजोरी र थकान हो । लामो समयसम्म आइरनको अभाव भयो भने छाला पहेँलो हुन्छ र सास फेर्न कठिनाइ हुन्छ । आइरन धेरै भयो भने पनि रिँगटा लाग्ने र अचानक बेहोस हुने जस्ता लक्षण देखिन थाल्छन् । महिलामा शरीरको बनोट फरक हुने भएकोले आइरनको अभाव बढी हुने गर्छ ।

आइरनको पूर्तिका लागि के खाने ?

हार्वर्ड मेडिकल हेल्थको अनुसार हामीलाई दिनको आठ देखि १० मिलिग्राम आइरन चाहिन्छ । महिलाहरूलाई यसको केही बढी आवश्यकता पर्न सक्छ । गर्भावस्थामा दैनिक २७ मिलिग्राम आइरन चाहिन्छ ।

  • गेडागुडी

हार्वर्ड मेडिकल स्वास्थ्यको अनुसार, यदि आइरनको अभाव छ भने सिमीजन्य उत्पादनको बढीभन्दा बढी उपभोग गर्नुपर्छ । सिमीको अर्थ मुसुरोको दाल, हरियो केराउ, राज्मा, चना, अन्य खालका दालहरू हो । अन्य स्रोतको तुलनामा यी सामाग्री सस्तो पनि हुन्छन् । सिमीमा पर्याप्त मात्रामा प्रोटिन, भिटामिन, जटिल कार्बोहाइड्रेट र फाइबर पाइन्छ । यसले आइरनको अभावलाई पूरा गर्छ नै अन्य कयौँ फाइदा पनि छन् ।

  • पालुङ्गो

पालुङ्गो सर्वसुलभ हरियो पात भएको तरकारी हो । यसमा आइरनको मात्रा प्रचुर हुन्छ । यसमा  प्रोटिन र भिटामिन पनि प्रशस्त हुन्छ । त्यसैले आइरनको कमी भयो भने दिनहुँ पालुङ्गो खानुहोस् । यसको जुस बनाएर पनि खान सकिन्छ ।

  • आलु

आलुमा सबैभन्दा धेरै कार्बोहाइड्रेट पाइन्छ । तर यसमा आइरन पनि पाइन्छ । तपाईँलाई थाहा नहुन पनि सक्छ । तर आलुको बोक्रामा आइरन धेरै हुन्छ । त्यसैले आलु खाँदा बोक्रा तासेर होइन बोक्रासहित खानुहोस् ।

  • नट्स

नट्समा बदाम, ओखर, पिस्ता जस्ता कयौँ खालका ड्राइ फ्रुट्स हुन्छन् । यी सबै महँगो छन् । तर थोरै मात्रै खाँदा पनि शरीरले सबै प्रकारका पोषक तत्त्व पाउँछन् ।

  • बियाँ

बियाँ सुपरफूड हो । यसमा प्रचुर मात्रामा आइरन पाइन्छ । बियाँमा पनि फर्सीको बियाँ, चिया सिड्स, आलसको दाना आदिको सेवन गर्न सकिन्छ । यीमध्ये केही बियाँ निकै सस्तो हुन्छ । शरीरमा आइरनको अभाव भएकाहरूलाई यो निकै लाभदायक हुन्छ यसको सेवनले शरीरमा आइरनको अभाव एक हप्ता भित्रै पूरा गर्न सकिन्छ ।

अस्वीकरण  (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप