काभा पुरुष यू–२० भलिबल : नेपालले सजिलै हरायो तुर्कमेनिस्तानलाई
![काभा पुरुष यू–२० भलिबल : नेपालले सजिलै हरायो तुर्कमेनिस्तानलाई](https://npcdn.ratopati.com/media/news/volleyball_nMv0Lb564W.jpg)
काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले तेस्रो जित हात पारेको छ । नेपाली टोलीले शुक्रबार खेलिएको खेलमा तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।
नेपालले पहिलो सेटको नतिजालाई २५–१४ अङ्कले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि नेपाली टोली २५–२१ अङ्कले अगाडि रह्यो । त्यसपछि तेस्रो सेटको खेलमा पनि नेपाली टोली २५–२० अङ्कले विजयी भएको थियो ।
यो खेलसँगै नेपालीले लिग चरणको आफ्नो पाँचवटै खेल टुङ्ग्याएको छ । नेपालले जारी प्रतियोगितामा तेस्रो जित हात पारेको हो । नेपाली टोलीले लिग चरणमा खेलेको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपाली टोली आफ्नो दोस्रो खेलमा भने उज्बेकिस्तानसँग १–३ सेटले पराजित भएको थियो । त्यसपछि नेपाली टोलीले आफ्नो तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।
यसैगरी, नेपाली टोली आफ्नो चौथो खेलमा किर्गिस्तानसँग २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । लिग चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीहरूबिच तेस्रोदेखि छैटौँ वरीयतासम्मका लागि पनि खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै